मनोरञ्जन भन्दा सूचना लिन इन्टरनेट प्रयोग गर्नुस् : आईस्पान

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०२:१८:PM  
 मनोरञ्जन भन्दा सूचना लिन इन्टरनेट प्रयोग गर्नुस् : आईस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले मनोरञ्जनात्मक बिषयमा भन्दा सूचनामूलक कार्यमा इन्टरनेटको प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै आइस्पानले अनाश्यक रुपमा ब्याण्डविथ खपत नगर्न सबैलाई जानकारी गराएको हो ।

कोरोना भाइरस (कोभिड(१९)का कारण नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै इन्टरनेटमा बढी व्यान्डवीथ खपतले इन्टरनेटको इन्टरनेट नेटवर्कमा अत्यधिक भार पर्न गएको भन्दै आइस्पानले ग्राहकलाई यस्तो आग्रह गरेको हो । 

कोरना भाइरस विश्वभर फैलिएको अवस्थामा प्राय प्रयोगकर्ताहरु घरमै रहने र कार्यालयहरुले घरबाटै काम गर्नु पर्ने व्यवस्था गरिरहेका छन् । त्यसैले सेवाको निरन्तरता र गुणस्तर कायम राख्नेमा आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् ।

विज्ञप्तिमार्फत आईस्पानले भनेको छ, ‘अत्यधिक भारलाई कम गर्न र अत्यावश्यकीय सेवामा कुनै प्रकारको समस्या आउन नदिन इन्टरनेटको अत्यधिक खपत हुने खालका एप, अनलाइन गेम, भिडियो सामाग्री तथा अनावश्यक वेबसाइटहरुको प्रयोग नगर्नुस’ ।

त्यस्तै कोरोना भाइरसको सन्त्रासका कारण ग्राहकले लिएको सेवामा मेन्टिनेन्स, नयाँ जडान तथा सेवाको अवधि सकिन गएको अवस्थामा अनलाईन तथा डिजिटल भुक्तानीका माध्यमबाट सुचारु गर्नपनि सेवाग्राहीलाई अनुरोध गरेको छ । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top