कोरोनाले हटाइदियो आरटीजीएस शुल्क

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०५:४४:PM  
कोरोनाले हटाइदियो आरटीजीएस शुल्क

बैङ्क तथा वित्तीय संस्थाले वास्तविक समयमा गरिने कारोबार (आरटीजीएस)कारोबारमा लाग्दै आएको शुल्कमा तत्कालका लागि हटेको छ । नेपाल राष्ट्र बैङ्कले  आइतबार बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र गर्दै अर्को सूचना नभएसम्मका लागि आरटीजीएर कारोबारमा शुल्क नलिन निर्देशन दिएको छ । 

राष्ट्र बैङ्कले कोरोना भाइरसबाट बच्न नगर कारोबारलाई निरुत्साहित र विद्युतीय भुक्तानीलाई प्रोत्साहित गर्न आटीजीएर शुल्क नलाग्ने नीति अख्तियार गरेको हो । यस अघि आरटीजीएस कारोबारको रकम अनुसार बैङ्क तथा वित्तीय संस्थाले फरक फरक शुल्क लिँदै आएका थिए । 
राष्ट्र बैङ्कले अर्को सूचना नआएसम्म आरटीजीएस कारोबारमा कुनै पनि शुल्क नलिन वित्तीय संस्थालाई निर्देशन दिएको भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक शुभाषचन्द्र घिमिरेले बताए ।  

यस अघि बैङ्क तथा वित्तीय संस्थाले कारोबार समय अनुसार प्रतिकारोबार १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । जसअनुसार १०ः३० देखि १ः३० सम्म प्रतिकारोबार १० रुपैयाँ, १ः३० देखि ३ बजेसम्म २० रुपैयाँ र ३ बजेदेखि ३ः४० सम्म १ सय रुपैयाँ शुल्क लाग्थ्यो । अहिले २ लाख रूपैयाँ भन्दा बढीकाे बाराेबार अारटीजीएस अन्तर्गत गर्न पाइने सुविधा छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top