कोरोना विरुद्ध नेपालमा पनि सुरु भयो कर्फ्यु, कञ्चनपुर जिल्ला प्रशासनले लगाउँदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०५:५१:PM  
कोरोना विरुद्ध नेपालमा पनि सुरु भयो कर्फ्यु, कञ्चनपुर जिल्ला प्रशासनले लगाउँदै

काठमााडौं । कोरोना भाइरसको संभावित संक्रमणलाई मध्यनजर गर्दे कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि कर्फ्यु लगाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ । अहिले नै नाका बन्द गर्दा भारतबाट घर फर्किनेहरुलाई समस्या पर्ने हुनाले दुई दिनपछि मात्र नाका बन्द गर्न लागिएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top