नाका बन्द भएपनि मालसामान आवागमन निर्वाध,यात्रुमात्रै आउन नपाउने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,१०:२५:PM  
नाका बन्द भएपनि मालसामान आवागमन निर्वाध,यात्रुमात्रै आउन नपाउने 

काठमाडौं । सरकारले सात दिनका लागि चीन र भारत दुवैतर्फका नाका बन्द गर्ने भनेपनि आवश्यक मालसामान तथा औद्योगिक कच्चा पदार्थ भने निर्वाध रुपमा आउने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भारत र चीन दुबैतर्फका नाकाबाट सोमबार बिहान १० बजेबाट सात दिनका लागि मानिसहरुको आवागमन बन्द गर्ने निर्णय गरेको हो । 

यो निर्णय मालसामानको हकमा लागू हुने छैन । तसर्थ ती नाकाबाट हुने मालसामानको आवागमन  सुचारु नै रहने जनाइएको छ । विश्वव्यापी फैलिँएको कोरोना भाइरसको संकमण भित्रिन नदिन नेपालले चीन र भारतका दुवै नाका बन्द गर्ने निर्णय गरेको हो ।

अहिले भारतमा पनि कोरोनाको संकमण देखिन थालेपनि नेपालले सीमा नाकामा थप कडाइ गरेको हो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top