मन्त्री व्यवसायी भेट: काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधन पनि बन्द गर्न माग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,०४:१८:PM  
 मन्त्री व्यवसायी भेट:  काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधन पनि  बन्द गर्न  माग

काठमाडौं । यातायात व्यवसायीहरुले लामो दूरीका मात्र नभई उपत्यकामा चल्ने छोटो दूरीमा चल्ने सार्वजनिक सवारी सञ्चालन रोक्न सरकारलाई माग गरेका छन । कोरोना संत्रमण जोखिमलाई ध्यानमा राख्दै व्यवसायीले केही समय सबै सार्वजनिक यातायात बन्द गर्न माग गरेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नेपालले सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई भेटेर देशमा जुनसुकै बेला कोरोना संक्रमणले भयावह अवस्था आउन सक्ने भन्दै हवाई उडान पनि तत्कालै बन्द गर्न माग गरेको हो । 

यात्रु नपाएपछि उपत्यकाको सार्वजनिक यातायात पनि बन्द हुँदै, मन्त्री नेम्बाङ् भेट्दै व्यवसायी

‘अहिले लामो दुरीका गाडी मात्रै रोक्ने निर्णय व्यवहारिक छैन, छोटो दुरी र हवाइ सेवा पनि तत्कालै बन्द गर्नुपर्छ भन्ने माग राखेका छौँ, यसमा मन्त्री नेम्वाङको मौन समर्थन रहेको छ,’महासङ्घका महासचिव सिटौलाले भने । छोटो दुरीको सावारीसाधान बन्द गर्ने विषयमा उनले कुनै प्रतिक्रिया दिएनन ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अटो बाट थप

Top