कोरोना रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको  १ करोड १५ लाख   

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,०५:३२:PM  
कोरोना रोकथाम कोषमा ग्लोबल आइएमई बैंकको  १ करोड १५ लाख   

काठमाडौं ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रण गर्न “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा १ करोड रुपैयाँ योगदान गर्ने भएको छ । 

साथै सोही प्रयोजनार्थ कान्तिपुर पब्लिकेशनद्वारा स्थापित “कान्तिपुर कोभिड–१९ रोकथाम” कोषमा बैंकले १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकोे छ । 

कोभिड–१९ ले विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको यस घडीमा सरकारसँग हातेमालो गर्दै बैंकले उक्त रकम उपलब्ध गराएको हो । 

यस योगदानबाट कोरोना भाईरस विरुद्व लड्न नेपाल सरकारलाई थप प्रेरणा र सहयोग पुग्ने विश्वास बैंकले लिएकोे छ । 
बैंकले आफ्नो स्थापनाकालदेखि नै विभिन्न दैवीक प्रकोप तथा अन्य विपतमा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ । साथै बैंकले  आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानकारी दिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top