कालोबजारी रोक्न काठमाडौं उपत्यकामा १० ओटा विशेष टोली बनाएर अनुगमन गरिने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,०६:५६:PM  
कालोबजारी रोक्न काठमाडौं उपत्यकामा १० ओटा विशेष टोली बनाएर अनुगमन गरिने 

काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिभिन्न १० वटा विशेष अनुगमन टोली बनाएर अनुगमन गर्ने भएको छ । काठमाण्डौं उपत्यकाका विभिन्न भागमा अनुमगन टोली परिचालन गरी बजारको सघन अनुगमन गर्न लागिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

यता, अनुगमनको समेत अनुगमन गर्न मन्त्रालयबाट सहसचिवको नेतृत्वमा ७ वटा टोलीहरु समेत परिचालन हुने सुवेदीले बताए । 
कोरोना भाइरस संकमणका बेला व्यापारीले वस्तुको अभाव गराउने, लुकाउने तथा वस्तुको कालोबजार गर्ने सक्ने हुँदा त्यसलाइ रोक्न विशेष अनुगमन टोली बनाइएको उनले बताए ।

अहिले अधिकांश पसल तथा व्यापार बन्द भएका छन् । केही व्यापारीले पसल खुल्ने वातावरण सिर्जना गर्न आग्रह समेग गरेको सुवेदीले बताए ।

सोमबार विभागले केही ग्याँस उद्योग, खाद्य पसल लगायतको अनुगमन गरेको थियो ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top