काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्न आज आइतबारबाट एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ ।
लकडाउन आउँदो सोमबारसम्म रहने छ । आवश्यकता हेरेर सरकारले पुनः लकडाउनको निर्णय गर्ने छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।
फ्रान्सबाट नेपाल आएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउको निर्णय गरेको हो । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
सरकारले संक्रामक रोग ऐन२०२० अनुसार केन्द्रीय, प्रदेश सरकार र जिल्ला प्रशासनले आवश्यकताअनुसार लागु गर्न सक्छ ।
भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ले लगाउन सक्छ ।
लकडाउनका बेला स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ ।
यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।