कोरोनाले ल्यायो उछाल, डलरको भाउ अहिलेसम्मकै उच्च

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,०८:४२:AM  
कोरोनाले ल्यायो उछाल, डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । कोरोना भाइरको विश्वव्यापी प्रभावले गर्दा अमेरिकी डलर महंगिएर नयाँ रेकर्ड कायम भएको छ ।  अमेरिकी डलर थप मजवुत भई मंगलबार १२२ रुपैयाँ ३४ रुपैयाँ पुगेको हो ।

कोरोना भाइरसको अधिक प्रभाव विश्व अर्थतन्त्रमा परेपछि डलर मजवुत हुँदै गएको हो । दुई वर्षअघि पनि डलर महंगिएर १२० रुपैयाँ पुगेको थियो । डलरको यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले १ डलर बराबर १२२.३४ रुपैयाँ बिक्रीदर तोकेको छ । भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । भारु कमजोर भएर ७६ रुपैयाँ नजिक पुगेको छ ।

नेपाल र भारतबीच स्थिर विनिमयदर भएकाले भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरसंग भारु कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । 

कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि कच्चा तेलको माग कम भई मूल्य घटेको छ । यस्तै वस्तु विनियम बजार र सेयर बजारमा सुधार नआउँदा सुरक्षित लगानीको क्षेत्र डलर नै देखिएपछि यसको असर विश्व बजारमा परेको हो । 

डलर महंगिदा विदेशमा काम गर्ने नेपालीले पठाउने  रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ । डलरमा पठाउने रेमिट्यान्स बढी हुने छ । यस्तै निर्यात व्यापारमा फाइदा हुन्छ ।

आयात गरिने वस्तु महंगो हुने भएकाले बजार भाउ बढ्न सक्ने छ । यद्यपी निकासीकर्तालाई यो बेला फाइदा हुन्छ ।  यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको लागतमा वृद्धि हुने छ ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । विदेशी कम्पनीहरुले लाभांश फिर्ता लैजादा बढी दिनुपर्छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top