आन्तरिक उडान बन्द भएपछि पैसा फिर्ता दिने एयरलाइन्सको घोषणा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,१२:०८:PM  
आन्तरिक उडान बन्द भएपछि पैसा फिर्ता दिने एयरलाइन्सको घोषणा

काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मंगलबारदेखि आन्तरिक उडान पनि बन्द गरेपछि त्यो अवधिमा टिकट काटेका यात्रुहरुले पैसा फिर्ता वा सार्न सक्ने सुविधा एयरलाइन्सहरुले दिएको छ।

सोमवार एक जनालाई कोरोना भाइरसको पुष्टि भएपछि सरकारले मंगलबारदेखि एक साताको लागि लक डाउन गरेको छ । सरकारले लक डाउन गरेसगै क्यानले पनि आन्तरिक उडानमा रोक लगाएको हो । यस अघि सरकारले लामो दुरिमा जाने गाडीमा रोक लगाएको थियो ।

मंगलबारदेखि एक्कासि उडान रद्व भएपछि त्यो अवधिमा टिकट काटेका यात्रुलाई पैसा फिर्ता वा सार्न मिल्ने सुविधा दिईएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

बुध्द एयरका दिपेन्द्र कर्ण ले पनि यात्रुलाई पैसा फिर्ता वा सार्न सक्ने सुविधा दिईएको बताए । यती एयरलाइन्स ,तारा,सिता,समिट,सिम्रिकले पनि त्यहि किसिमको सुविधा यात्रुलाई दिएको जनाएको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top