टेलिकम कम्पनीका ग्राहकले २०० सम्म सापटी पाउने, दूरसञ्चार प्राधिकरणले दियो निर्देशन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,०६:२०:PM  
टेलिकम कम्पनीका ग्राहकले २०० सम्म सापटी पाउने, दूरसञ्चार प्राधिकरणले दियो निर्देशन

काठमाडौं  । नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकलाई २०० रुपैैयाँसम्म सापटी उपलब्ध गराउन टेलिकम कम्पनीहरुलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैैठकले टेलिकम कम्पनीलाई हाल दिइरहेको सापटीको दायरा बढाउन निर्देशन दिएको हो । बन्द भएपछि प्राधिकरणको अनलाइनबाट सञ्चालक समिति बैठक बसेको थियो ।

सरकारले कोरना भाइरसको जोखिम न्युनिकरण गर्न देशभर गरेको लकडाउनमा ग्राहकलाई कुनै आकस्मिक समस्या नपरोस भनेर  बैठकले भोलि देखि लागु हुनेगरी एक महिनाका लागि यस्तो सुविधाको निर्णय गरेको हो ।

प्राधिकरणको निर्देशनअनुसार नेपाल टेलिकम, एनसेल प्रालि र स्मार्ट टेलिकमलगायत सबै दुरसञ्चार सेवा प्रदायकहरुले सापटी सीमा बढाउनु पर्ने छ ।

दूरसंचार प्राधिकरणका सञ्चालकले हाल दिइरहेको सापटी सेवालाई बढाई २०० रुपैयाँ पुर्याउन निर्देशन दिएको जानकारी दिए । त्यस्तै सेवाप्रदायकले रिचार्जमा पनि शतप्रतिशत बोनस दिनुपर्ने निर्णय गरिएको छ ।

त्यस्तैगरी सापटी दिदा सेवाप्रदायकले कुनैपनि प्रकारका ब्याज लिन नपाउने छैनन् । यस अधि एन्सेलले लोन बापत २ रुपैयाँ व्याज लिर्दै आएको थियो भने टेलिकमले निशल्क दिँदै आएको थियो ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top