विदेशी नागरिकलाई काठमाडौं ल्याई आफ्नो देश फर्काइने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०७:५७:PM  
विदेशी नागरिकलाई काठमाडौं ल्याई आफ्नो देश फर्काइने

काठमाडौं । सरकारले नेपालमा रहेको सबै विदेशी नागरिकलाई आफ्नो देश पठाउने भएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोरोना भाइसर समन्वय समितिको बैठकले गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा नेपालका विभिन्न स्थानहरूमा रहेका विदेशी नागरिकहरूलाई हवाई उद्धार गरी काठमाडौं ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो देश फर्की जान सहजीकरण गर्ने निर्णय गरेको छ ।

समितिका अनुसार यसरी ल्याइएका विदेशीहरूलाई विमानस्थलबाटै आफ्नो देश फर्की जाने उडानको समय नमिलेको अवस्थामा सो अवधिभर विमानस्थल नजिकको होटेलमा निजहरूकै खर्चमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने भएको छ । 

त्यस्तै स्थानीय तहहरूले आ आफ्नो क्षेत्रभित्रका वडाहरूमा तेस्रो मुलुक र भारतबाट आएका व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी विवरणसहितको अभिलेख प्रत्येक दिन अद्यावधिक गर्ने भएको छ ।

स्थानीय स्वास्थ्य संयोजकले कोभिड १९ को लक्षण देखिएका व्यक्तिहरूको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउने र सो विवरण प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा र सो केन्द्रले आपतकालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा प्रत्येक दिन साँझ ६ बजेभित्र पठाउने बुधबार बसेको समितिको बैठकले निर्णय गरेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top