चैत महिनामा व्यवसायीले बैंकलाई कर्जाको सावाँ र ब्याज तिनु नपर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १२, बुधबार,०९:३१:PM  
चैत महिनामा व्यवसायीले बैंकलाई कर्जाको सावाँ र ब्याज तिनु नपर्ने 

काठमाडौं । व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा र सोको ब्याज तिर्ने अवधि एक महिना थप भएको छ । व्यवसायीले अब चैत मसान्तमा बैंक वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा बुधबार बसेको उच्चस्तरिय वित्तीय समन्वय समितिको बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा गएपछि आर्थिक गतिविधि ठप्प हुन गई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्ने अवस्था नआएपछि यस्तो सहुलियत दिने निर्णय गरेको हो। 

व्यवसायीले चैतको साटो बैशाख मसान्तसम्म कर्जाको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने भएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको कर्जा वर्गिकरण र व्यवस्थापनको काम यथास्थितीमा राख्ने र सोको व्यवस्था नेपाल राष्ट बैंकले गर्ने निर्णय भएको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता बढाउन अर्थ मन्त्रालयबाट बाँकी रहेका भुक्तानी गर्ने र पुनरकर्जा कोषको पनि उपयोग गरी तरलता बढाउने निर्णय गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अबलम्बन गरिने विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी भुक्तानी गर्नुपर्ने दस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्यूनतम कायम गर्नुपर्नेछ ।

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top