हिमालयन बैंकले एनसेललाई साढे २ अर्ब ऋण दिने, बोर्डले गर्यो कर्जा स्वीकृत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०३:१२:PM  
हिमालयन बैंकले एनसेललाई साढे २ अर्ब ऋण दिने, बोर्डले गर्यो कर्जा स्वीकृत

काठमाडौं । हिमालयन बैंकले मोवाइल सेवाप्रदायक एनसेल प्राइभेट लिमिटेडलाई साढे २ अर्ब रुपैयाँ ऋण दिने भएको छ ।हिमालयनको सोमबार बसेको सञ्चालक समिति बैठकले एनसेललाई ऋण दिने प्रस्तावलाई स्वीकृत गरेको हो । 

पूर्वाधार विकासमा थप लगानी गर्न एनसेलले २० अर्ब रुपैयाँ ऋण मागेको छ । जसमा हिमालयनले साढे १२ प्रतिशत अर्थात साढे २ अर्ब रुपैयाँ स्वीकृत गरेको बैकका एक सञ्चालकले बताए । सो रकम सहवित्तीयकरण मार्फत एनसेलमा लगानी हुने छ । 

एनसेलले कर तिर्न र अन्य परियोजनामा थप लगानी गर्न नेपाली ऋण लिन लागेको हो । एनसेलसंग २४ अर्ब रुपैयाँ नगद रहेको र परियोजनामा थप लगानी गर्नका लागि ऋण मागेको थियो ।

एनसेलले १८ अर्ब रुपैयाँ बढी लाभकर तिर्न बाँकी छ । आगामी असारसम्म लाभकर तिर्नुपर्ने ठुला करदाता कार्यालयले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top