बैदेशिक रोजगार व्यवसायी संघले कोरोना रोकथाम र कामदार उद्धार कोषमा १/१ करोड सहयोग गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०४:०५:PM  
बैदेशिक रोजगार व्यवसायी संघले कोरोना रोकथाम र कामदार उद्धार कोषमा १/१ करोड सहयोग गर्ने 

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघले सहयोग गर्ने भएको छ ।

नेपालीज रिक्रुटि एजेन्सीज अन्तर्गत बैदेशिक रोजगार व्यवसायीहरु ले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५ करोड)को ब्याजबाट प्राप्त हुने रकम मध्ये १ करोड उक्त सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताएका छन् । त्यस्तै उनका अनुसार अर्को १ करोड कामदार उद्धार कोषमा पनि जम्मा गर्ने निर्णय गरिएको छ  ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top