चौधरी फाउन्डेसनले बिहीबार २२ वटा केन्द्रमा पीपीई उपलब्ध गराउने ,चीनबाट औषधि ल्याउन विशेष बिमानको माग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०४:४१:PM  
चौधरी फाउन्डेसनले बिहीबार २२ वटा केन्द्रमा पीपीई उपलब्ध गराउने ,चीनबाट औषधि ल्याउन विशेष बिमानको माग

काठमाडौं । व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० पर्याप्त नहुदा स्वास्थकर्मी नै जोखिममा परिरहेको बेला चौधरी फाउन्डेसनले बिहीबार साझ सम्ममा २२ वटा केन्द्रमा पुर्याउने भएको छ ।

कोरोना भाइरसको,संक्रमण बढेसगै फाउन्डेसनले सरकारलाई आवश्यक औषधि र उपकरण हरु उपलब्ध गराउन तत्लिन रहेको बेला अति आवश्यक पीपीई हस्तान्तरण गर्न लागेको फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
अहिले देशभरिका सरकारीरनिजी अस्पताल, गैरसरकारी संस्था, स्वास्थ्यचौकी, क्वारेन्टाइनरआइसोलेसन केन्द्र, ब्लड बैंकबाट दिन(रात फोन आइरहेको उनले जानकारी दिएका छन् ।

२/३ दिनभित्रमा धेरैभन्दा धेरै केन्द्रमा सामग्री पुर्‍याउन सक्छौं भन्ने हाम्रो विश्वास छ ,चौधरीले भनेका छन् तर, अबको समस्या पीपीईमात्रै होइन ,देशभर परीक्षण किट, ल्ढछ मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेलर लगायत सामग्रीको अभाव छ । 

यो अभाव लाई पुर्ति गराउन चीनका सान्जेन, ग्वान्जाओलगायत स्थानमा हामीले यी सामग्री तयार राखेको उनले बताएका छन् । ती सामाग्री ल्याउन विशेष विमान व्यवस्थापनका लागि सरकारी निकायहरूसँग निरन्तर संवाद गरिरहेको जनाएका छन् ।

भारत आफैं कोरोनाविरुद्ध संघर्षण गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन् । तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेको उनले बताए ।

यसबीचमा लक डाउनका कारण सुरक्षा र उपचार सामग्री बोकेका फाउन्डेसनका सवारी साधन निर्बाध सञ्चालन हुन नसकिरहेको जनाएका छन । 
उनले पाल्पा अस्पताल, कोरोना विशेष अस्पताल (भरतपुर), सहज हेल्थ फाउन्डेसन (गैंडाकोट), पिताउन्जी हेल्थपोस्ट (भेडाबारी), प्राइमेरी हेल्थ सेन्टर (दुम्कौली), लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)मा व्यक्तिगत सुरक्षा उपकरण  (पीपीई), अक्सिजन उत्पादन उपकरण, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जनाएका छन् ।

यस्तै प्रदेश नम्बर १, ६ र ७ का प्रमुख स्वास्थ्य केन्द्रहरूमा भोलिसम्ममा आवश्यक सामग्री वितरण गरिने पनि उनले जनाएका छन् । 

संक्रमितको उपचारका लागि तयारी गरिरहेका सबै जोखिमपूर्ण स्वास्थ्य संस्थामा पीपीईलगायत अन्य आवश्यक सामग्री अभाव नहोस् भनेर हेल्पलाइन शुरु गरेको पनि उनले जनाएका छन् । त्यसका लागि ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न सकिने उनले जनाएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top