काठमाडौं । सरकारले चैत महिनाको बिजुलीको महशुलमा छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा चैत महिनाको बिलमा २० प्रतिशतसम्म छुट दिने तयारी भएको छ ।
शुक्रबार बस्ने नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति बैठले यस विषयमा निर्णय गर्ने संभावना छ । विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री पुन रहेका छन ।
खाना पकाउने इन्डक्सन चुलोलाई बिजुली महशुल र भन्सार छुट
उपप्रधान तथा रक्षा मन्त्रीको संयोजकत्वमा बसेको कोरोना भाइरस रोकथाम समन्वय समितिको बैठकले बिजुलीको महशुलमा सहुलियत दिन र इन्डक्सट हिटर आयातमा भन्सार छुट दिन ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सोही निर्देशनका आधारमा ऊर्जाले महशुल छुटको प्रक्रिया अघि बढाएको हो । यद्यपी यस विषयमा निर्णय हुन बाँकी छ ।
लकडाउनको समय लम्बिने संभावना भएकाले चैत महिनासम्म बिजुली महशुलमा छुट पाउने ऊर्जा सचिव तथा विद्युत प्राधिकरणका सञ्चालक घिमिरेले स्पष्टपारे ।
भारतबाट बिजुलीको आयात बन्द हुँदै, बिहीबार रातीबाट ६० मेगावाट मात्रै ल्याइने
यस विषयमा केही गृहकार्य गर्न बाँकी रहेको सुनाए । लकडाउन अवधिभरको बिजुलीको महशुलमा छुट दिने उनले जानकारी दिए ।
सरकारले बिजुलीको खपत बढाउन इन्डक्सन हिटरलाई प्रवद्र्धन गर्न लागेको उनले जानकारी दिए । इन्डक्सन हिटरको प्रयोग बढाएर ग्यास आयात कम गर्ने तयारी सरकारको छ ।
मुलुक लकडाउनको अवस्थामा रहेकाले उपभोक्ताई राहात दिन लागिएको उनको भनाई छ । अहिले बिजुलीको माग घटेको र इन्डक्सन हिटर प्रयोगलाई प्रोत्साहित गर्न छुट दिन लागिएको उनले स्पष्टपारे । यो सुविधा प्राधिकरणका सबै ग्राहकले पाउने छन ।
यस्तै चैत महिनाको बिजुलीको महशुल बुझाउन ढिलाइ भए पनि विलम्ब शुल्क नलाग्ने भएको छ । लकडाउन सुरु भएपछि बिजुलीको माग औसत ५० प्रतिशत घटेको छ । उद्योगधन्धा बन्द भएपछि बिजुलीको माग घटेको हो ।