काठमाडौं । व्यापारीले भएको स्टक सकिएको कारण देखाउँदै खाद्यान्नका पसल खोल्न छाडेपछि सरकारले सामान बेच्न निर्देशन दिएको छ । गृह मन्त्रालयले बिहीबार उद्योगी व्यापारीलाई बोलाएर अभावको अवस्था आउन नदिन निर्देशन दिएको हो ।
मन्त्रालयको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सुरक्षा निकाय र उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि तथा काठमाडौ उपत्यकाका सुपरमार्केटका सञ्चालक सहभागी थिए ।
सरकारी अधिकारीले ६ महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेकाले आतिनु पर्ने अवस्था नरहेको भन्दै ढुवानी रहज तुल्याउन आवश्यक सबै किसिमका सहयोग गर्ने बचन समेत दिए ।
‘कुनै मोबाइल भ्यानहरु मार्फत नै सङ्कलन र वितरणको प्रवन्ध गर्नलाई सरकारले प्रयत्न गरिरहेको छ,’ आपूर्ति मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले भने, ‘आपूर्तिलाई सहज तुल्याउने विषयमा छलफल भइरहेको छ । वितरणलाई पनि सहज बनाउन सरकार लागिरहेको छ । भोलिसम्म केही निर्णय आउँछ ।’
ढुवानी नभएको कारण देखाएर अहिले गल्ली गल्लीका कतिपय खाद्यान्न पसल बन्द छन् । जसका कारण उपभोक्तालाई खाद्यान्न ग्यासको अभाव हुन थालेको छ ।
छलफलमा गृहसचिव महेश्वर न्यौपानेले संकटको फाइदा उठाइ अभाव सिर्जना गरे त्यस्ता व्यवसायीलाई कालोबजारी अन्तर्गत मुद्दा चलाउने चेतावनी समेत दिएका छन् ।
तर, व्यापारीले भने ढुवानीका साधन सहज रुपमा आजातजावात व्यवस्था गरे सरकारले भनेअनुसार खाद्यान्न र ग्यास बेच्न आपूmहरु तयार जवाफ दिएका थिए ।
भारतमा पनि लकडाउन भएकाले आयात प्रभावित भएको देखाएर नाकाबन्दीका बेला जस्ता खाना पकाउने पनि आधा सिलिन्डर मात्रै बेचिने भएको छ । ग्यासको माग थेग्नै नसक्ने गरी आएकाले नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बेच्ने भएको हो ।