काठमाण्डौं, एनसेलका ग्राहकले बिहीबारबाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशतबोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेलले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लक डाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो ।
यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवाप्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्घ छ ।
ग्राहकले रिचार्ज वापतप्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।
यो योजनाअन्तर्गत एनसेलकाग्राहकले रु ५०, रु १००, रु२००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्तगर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्तगर्दछन् । बोनस रकमतीनदिन सम्मका लागिमान्य हुनेछ ।
हालको विपद्को परिस्थितीलाई मध्यनजर गदैं बुधबारमात्रएनसेलले निःशुल्कब्यालेन्स ट्रान्सफर सेवा, ७दिन समयावधिभएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्मएनसेल सापटी लिन सकिने छ ।