काठमाडौं । सरकारले विद्युत, टेलिफोन, इन्टरनेट र खाद्यन्नमा छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ ।
सरकारले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
त्यस्तै लकडाउन अवधिमा निजि तथा सरकारी टेलिकम कम्पनीलाई डेटा प्याक र इन्टरनेटमा २५ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।
नेपाल टेलिकमले लकडाउन अवधिमा इन्टरनेट र डेटा प्याकेज २५ प्रतिशत छुट दिने तथा निजि सेवाप्रदायकले पनि मिलाउने टेलिफोन र इन्टरनेटको फागुन र चैत महिनामा तिर्नुपर्ने शुल्क महशुल भुक्तानी २०७७ बैशाख मसान्तसम्म बुझाए बिलम्बबापत लाग्ने र अन्य शुल्क नलिने निर्णय समेत गरेको छ ।
यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । प्रदेश र स्थानिय तहसँग समन्वय गरेर ज्यालादारीमा काम गर्ने कामदार नागरिकले राहात उपलब्ध गराउने तथा, परिवार सँङ्ख्याको आधारमा राहात उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
गर्भवती, आमाबुबा गुमाएका टुहुरालाई हेरचाहा गर्ने , पूर्णरुपमा बन्द भएका पर्यटन सामाजिक प्रतिष्ठानका कर्मचारीलाई सरकारले चैत महिनाको तलब समेत उपलब्ध गराउने भएको छ ।
यस्तै व्यवसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षा कोष सरकारले जम्मा गरिदिने भएको छ ।