काठमाडौं । विश्वका सबैजस्तो देश कोरोणा महामारीका कारण इतिहासर्कै ठूलो आर्थिक मन्दीतर्फ अगाडी बढीरहेको छ । विश्वकै आधा जनसंख्या अहिले आ आफ्नो घरमा बन्द भएर बसेको छ ।
अधिकांश ठूलो र आथिक रुपमा बलियो मानिने देशमा औद्योगिक गतिबिधि पनि ठप्प जस्तै भएको छ । यस्तै अवस्थाका बीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि स्विकार गरिसक्यो सबैभन्दा ठूलो आर्थिक मन्दीको शुरुवात भइसक्यो ।
आइएमएफकी एमडी क्रिस्टीना जॉर्जिवाका अनुसार यस्तो अवस्था अहिलेसम्म देखिएको थिएन । एकैपटक यत्री बढी औद्योगिक कलकारखाना बन्द भएको थिएन । यो बर्ष २००८ को बैश्विक मन्दीभन्दा पनि खतरनाक हालन हुने अवस्था छ ।
विश्व स्वास्थ्य संगठन (डक्लुएचओ) सँग मिलेर कोरोना भाइरसको वैश्विक अवस्थाको बिषयमा अन्तर्राष्ट्रिय मिडियालाई सम्बोधन गर्दै आइएमएफका एमडीले स्थिती गम्भिर भएको बताएकी हुन् ।
गम्भिर अवस्थालाई देखेर विश्व बैंंकले एशियाली विकाश बैंक (एडीबी) जस्ता सस्थामा सबै देशको नजर गाडिएको छ । आइएमएफका अनुसार कोरोनाबाट प्रभावित विभिन्न देशहरुलाई मद्दत गर्न १० खर्ब अमेरिकी डलरको एउटा कोष बनाएको छ । यो कोषको उपयोग विभिन्न देशको आपतकालिन अवस्थामा बित्तिय सहयोग गर्न हुने बताइएको छ ।
अहिलेसम्म ९० मुलुकले आर्थिक सहयोगका लागि आब्ह्वान पनि गरिसकेको छ । यी देशहरुले बाहिरी सहयोग बिना कोरोनासँग जुझ्न नसक्ने अनुमान गरिसकेको छन् ।
तर, आइएमएफले सबै मुलुकलाई आफ्नो प्राथमिकताको आधारमा सहयोग गर्ने बताइसकेको छ । बिशेषगरी विकासेशशिल देशहरुले सबैभन्दा पहिला आफ्नो स्वास्थ्य पूर्वाधारलाई सुरक्षित राख्नु नै महामारीसँग लड्न महत्वपूर्ण हुने बताइएको छ ।