बागलुङमा कोरोना भाईरसको र्यापिड टेस्ट सेवा सुरु,१५ मिनेटमै परिक्षण रिर्पोट

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत २७, बिहीबार,०२:२९:PM  
बागलुङमा कोरोना भाईरसको र्यापिड टेस्ट सेवा सुरु,१५ मिनेटमै परिक्षण रिर्पोट

बागलुङ । कोरोना भाईरसको द्रुत जाँच गर्ने सेवा बिहीबारदेखि बागलुङ सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बुधबार बागलुङ, पर्वत र म्याग्दीका स्वास्थ्य प्राबिधिकहरुलाई ¥यापिड टेष्ट किट सम्बन्धि तालिम दिए पश्चात बागलुङमा सो सेवा सुरु भएको हो । तालिम पश्चात तीन जना स्वास्थ्य प्राबिधिकहरुको नमुना जाँच गरेर प्रकृाया सुरु गरिएको अञ्चल अस्पतालले जनाएको छ ।

धौलागिरी अञ्चल अस्पतालकका मेडिकल ल्याव टेक्नोलोजिस्ट सुरज बराल, स्वास्थ्य कार्यालय बागलुङका प्राबिधिक डिल्ली आचार्य र अञ्चल अस्पतालकै क्षयकुष्ठ रोग सुपरभाईजर देवप्रकाश घिमिरेको कोरोना जाँच गरिएको हो । उनीहरु तीनै जनाको रिपोट नेगेटिभ आएको छ । उनीहरुको रगत जाँचसँगै महाशाखाका मेडिकल ल्याब टेक्नोलोजिष्ट धनप्रसाद पोडेलले स्वास्थ्य प्राबिधिकहरुलाई किटको प्रयोग र परीक्षणबिधि सम्बन्धि तालिम दिएका थिए ।

अञ्चल अस्पतालमा जम्मा भएका तीन जिल्लाका झण्डै २५ जना स्वास्थ्य प्राबिधिकहरुलाई प्रयोगात्मक परीक्षणनै गरेर बिधिको बिषयमा जानकारी गराईएको थियो । तालिम सञ्चालन र टेष्ट किट लिएर पौडेल नेतृत्वको टोलि बुधबार साँझनै बागलुङ आएको थियो । तालिमको अवसरमा जिल्ला कामण्ड पाेष्टका स‌ंयाेजक तथा प्रमुख जिल्ला अधिकारी गाैलाेचन शैँजुले जिल्लाको अवस्थाका बिषयमा जानकारी गराए ।

स्वास्थ्य मन्त्रालयले ¥यापिड टेष्टका लागि प्रयोग हुने १ हजार थान आरबिटि किट पठाएको छ । सोही किटको प्रयोगले बिरामीको रगत परीक्षण गरिने र त्यसको नतिजा १५ मिनेटमा नै दिन सक्ने पौडेलले बताए । बागलुङमा बिदेशबाट आएर १४ दिन बितेका, क्वारेन्टाईनमा रहेका र संक्रमितको सम्पर्कमा आएकाहरुको दु्रत जाँच हुने अस्पतालले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top