काठमाडौं । ग्राउण्डेड रहेका हेलिकप्टरको फ्लाइट इन्स्योरेन्स कटाएर ग्राउण्ड बीमा गराउन वायुसेवा सञ्चालक संघले पत्राचार गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढेसँगै पर्यटकीय गतिबिधि ठप्प भएपछि हेलिकप्टरहरु ग्राउण्डेड गरिएका छन । ती हेलिकप्टरहरुको फ्लाइट इन्स्योरेन्सलाई कटाएर ग्राउण्डेडको बीमा गराउन लागेको हो ।
नेपालमा हाल तीन वटा बीमा कम्पनीहरुले हेलिकप्टरको इन्स्यारेन्स गराउदै आएका छन् । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेलका अनुसार प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन जनरल इन्स्यारेन्स कम्पनी लिमिटेडलाई पत्राचार गरिएको जानकारी दिए ।
‘संघको निर्णय अनुसार ग्राउण्ड इन्स्यारेन्सका लागि पत्राचार गरेका छौं’ प्रवक्ता कंडेलले भने । उनले बोधार्थमा नेपाल नागरिक उड्डयन प्राधिकरण र बीमा समितिलाई पत्र पठाइएको जानकारी दिए ।
नेपालमा केहि वर्ष अघिदेखि ग्राउण्ड इन्स्यारेन्समात्र गर्न बन्द गरिएको छ । इन्स्यारेन्स कम्पनीहरुले फ्लाइट इन्स्यारेन्ससँगै ग्राउण्ड इन्स्यारेन्स गराउदै आएका छन् ।
“केहि वर्ष अघिसम्म ग्राउण्ड इन्स्यारेन्समात्र पनि हुने गरेको थियो यस सम्बन्धी एक जानकारले भने, तर अहिले त्यो बन्द गरेको छ ।”
फ्लाइट इन्स्यारेन्स हेलिकप्टर कम्पनी अनुसार फरक फरक हुने गरेको छ । दुर्घटना बढि हुने कम्पनीको केहि चर्को हुन्छ भने अरुको केहि कम हुने बताइएको छ ।
अहिले एउटा हेलिकप्टरले इन्स्यारेन्स बापत न्यूनतम १५/१६ लाख रुपैयाँ तिर्नुपर्छ । तर, ग्राउण्ड इन्स्यारेन्स मात्र गराउदा त्यसको ५/६ प्रतिशत मात्र तिरे पुग्छ ।
त्यहि भएर अहिले सबै हेलिकप्टर कम्पनीहरुले ग्राउण्ड इन्स्यारेन्स गराउन लागिपरेका हुन् । हाल,एक दुई वटा हेलिकप्टर बाहेक सबै ग्राउण्डेड गरिसकेको छ ।
इन्स्यारेन्स कम्पनीहरुले ग्राउण्ड इन्स्यारेन्समात्र गराउन बन्द गरेपछि अटेर गरेमा धितो पत्र बोर्डलाई गुहार्ने समत निर्णय गरेको छ । माउन्टेन हेलिकप्टर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिल ओलीले कम्पनी घाटामा गएर वा व्यवस्थापकीय कमजोरीका कारण हेलिकप्टरहरु ग्राउण्डेड नगरिएको हुनाले ग्राउण्ड इन्स्यारेन्समात्र गराउनुको विकल्प नभएको बताए ।
फ्लाइट इन्स्यारेन्समा धेरै महंगो हुने भएकोल कम्पनीको खर्च घटाउनका लागि ग्राउण्डेड रहेका हेलिप्टरको ग्राउण्ड इन्स्यारेन्स मात्र गर्न लागिएको अल्टीच्यूड एयरका म्यानेजिङ डाइरेक्टर निमानुरु शेर्पाले जानकारी दिए ।
कैलाश हेलिकप्टका प्रबन्ध निर्देशक प्रताप जंग पाण्डेले ३ मध्य दुई सञ्चालनमा रहेको र एउटा ग्राउण्ड इस्योरेन्स लागि राख्न पहल गरेको बताए ।
अहिले १० वटा कम्पनीका २७ वटा हेलिकप्टर कम्पनीहरु उडान योग्य अवस्थामा रहेका छन् भने ती मध्ये अधिकाशं हेलिकप्टरहरु ग्राउण्डेड छन । यस्तै हेलिकप्टर कम्पनीहरुको गत वर्षदेखीको उठ्न बाकी २७ करोड रुपैयाँ वक्यौता उठाउन पत्रचार गरिएको छ । संघले हेलिकप्टर कम्पनीको बक्यौता रकम एक महिना भित्र नदिए कानुनी कार्वाहीमा जाने संघले निर्णय गरेको थियो ।