काठमाडौं । उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई दैनिक खाद्य वस्तुको अभाव नभएको बताएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि गरिएको लक डाउनको १८ औं दिनसम्म आइपुग्दा उपभोक्ताहरुले सहज रुपमा खाद्य सामाग्री उपलब्ध भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।
लक डाउनपछि उपभोक्तालाई कुनै किसिमको खाद्य सामाग्रीको अभाव नहोस भन्दै मन्त्रालय सधै गम्भिर रहेको बताए । हाल सरकारी र निजी क्षेत्रसँग १ लाख २५ जहार २ सय ९० मेट्रिक टन चामल, ७ हजार २ सय ९४ मेट्रिक टन ,चिनी १ लाख ५८ हजार ९ सय ९० मेट्रिक टन, नून १६ हजार ८१ मेट्रिक टन गेडागुडी र दाल एवं १६ हजार ८ सय ६८ मेट्रिक टन तेल मौज्दात रहेको छ। यसैगरी उद्योगहरूसँग चामल ४ महिना, दलहन ३ महिना र तेलहन ३ महिनाको माग धान्न सक्ने मौज्दात रहेको बताए ।
लकडाउनको १७ दिनमा ३७ हजार ३ सय ३४ मेट्रिकटन खाद्यन्न, १४ हजार ५४ मेट्रिकटन गेडागुडी तथा दलहन, २१ हजार ६ सय २६ मेट्रिकटन तरकारी, ५ हजार ९ सय ६२ मेट्रिकटन फलफूल, ८० मेट्रिकटन दुग्धजन्य पदार्थ, १० करोड ८७ लाख ७ हार्र रुपैयाँ बराबरको औषधीको कच्चापदार्थ र ५६ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको तयारी औषधी आयात भएको जनाएको छ।
अत्यावश्यकीय वस्तुको आपूर्ति सह गराउन, कालोबार्री, कृतिम अभाव, मूल्यबृद्धि हुन नदिन अनुगमनलाई तीब्रता दिएको छ। चैत महिनाभर १ सय ५७ वटा पसल, स्टोर, व्यवसायको अनुगमन गरी उपभोक्ताको हितवितपरीत कार्य गर्ने २६ वटा व्यवसायलाई १६ लाख २० हार्र रुपैयाँ जरिवाना गरेको छ ।
संक्रमितको समग्र परिस्थीतिलाई हेरी विकास निर्माणका लागि आवश्यक कच्चापदार्थ उत्पादन गने उद्योगहरु र अन्य उद्योगहरु सञ्चालनको तयारी गरिएको बताएको छ ।
मन्त्रालयका अनुसार औधोगिक करिडोरमा रहेका खाद्यन्न उद्योग ४१ प्रतिशत, तेलहन उद्योग ६३ प्रतिशत, खानेपानी उद्योग ९०प्रतिशत, दुग्ध उद्योग ५० प्रतिशत, पशुपन्छीको दाना उद्योग ३३ प्रतिशत, औषधी उद्योग ७३ प्रतिशत र इंटा उद्योग ४८ प्रतिशत क्षमतामा चलेका छन।
यस्तै भारत सरकारले चैत २४ देखी लागु हुने गरी २४ वटा औषधीजनय पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।