लकडाउनयता उपत्यकामा  २ सय १२ सवारी दुर्घटनामा आठको मृत्यु 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख २८, आइतबार ,१०:०७:AM  
 लकडाउनयता उपत्यकामा  २ सय १२ सवारी दुर्घटनामा आठको मृत्यु 

कोरोना संक्रमणका कारण जारी लकडाउनको अवाधिमा उपत्यकाका सडकमा निक्कै कम सवारी साधन सञ्चालनमा आएपनि सवारी दुर्घटनाका कारण ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश मोटरसाइकल चालक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  सबै सवारी पास लिएर चलाइए पनि  
सुनसान सडकमा गति अत्यधिक हुँदा दुर्घटनामा परेको महाशाखाको बुझाइ छ । लकडाउनयता उपत्यकाभित्र दुई सय १२ सवारी दुर्घटना भएको महाशाखाको तथ्यांक छ । यसक्रममा सातजना गम्भीर र एक सय ३९ सामान्य घाइते भएका छन् ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले खुला सडक हुँदा सवारीसाधनको गति अत्यधिक हुने र नियन्त्रणमा नआउँदा दुर्घटना हुने बताए । केहीले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाइएको भेटिएको छ । महाशाखाको तथ्यांकअनुसार मापसे गरी चलाइएका २३ सवारी नियन्त्रणमा लिइएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top