प्राथमिकतामा परिवर्तन: स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रीत हुने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ २, शुक्रबार,०४:४७:PM  
प्राथमिकतामा परिवर्तन: स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रीत हुने

काठमाडौं । कोरोना भाइरस महामारीका कारण सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता परिवर्तन गर्ने भएको छ । 
आगामी आर्थिक वर्षमा सरकारले स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा जोड दिने भएको हो ।

कार्यक्रम र आयोजनाहरुको पुन प्राथमिकीकरण गरी उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने योजना सरकारको छ ।  स्वदेशमा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन ।  

उनले आगामी वर्ष स्वास्थ्य पुर्वाधार विकासमा लगानी बढाइ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने जानकारी दिइन । २ हजार ६०० वडाहरुमा स्वास्थ्य सेवा पुर्याइने भएको छ । जिल्ला अस्पतालाई २५ देखि ५० शैया र अन्चललाई २०० शैयाको अस्पताल बनाउने भएको छ ।

केन्द्रीय अस्पताको क्षमता विस्तार गरी ५०० शैया बनाउने राष्ट्रपति भण्डारीले बताई । न्युनतम ३०० शैयाको प्रदेश अस्पताल बनाउने योजना सरकारको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top