९ सय २५ हङकङबासी नेपाली हिमालय एयर चार्टर गरि फर्कदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ २, शुक्रबार,०६:३२:PM  
९ सय २५ हङकङबासी नेपाली हिमालय एयर चार्टर गरि फर्कदै

काठमाडौं । नेपालमा अड्किएका ९ सय २५ जना हङकङबासी नेपालीलाई हङकङ फर्कने अनुमति प्राप्त भएको छ । केही महिना अगाडि हङकङबाट नेपाल आएका उनीहरुलाई  हङकङ फर्कन कोभिड १९ उच्च स्तरीय समितीले अनुमति दिएको हो ।

काठमाडौंका एक ट्राभलले हिमालयन एअर लाइन्सबाट हङकङ लैजान  ९२५ जना हङकङ बासी नेपालीहरुको नामावली पररास्ट्र मन्त्रालय , उच्च स्तरिय समिती र पर्यटन मन्त्रालयमा पेश गरेको थियो । सो नामावली अनुसारको यात्रुलाई समितिले आज अनुमति दिएको हो । उनीहरुलाई यहि  मे २२  मा दुई फ्लाइट  र त्यसपछि २३, २४ र २५ तारिकमा एक/एक फ्लाइट उडानको तयारी गरिएको हार्बेस्ट  मुनका सञ्चालक राम श्रेष्ठले बताए ।  

केही हप्ता अगाडि अन्य केहि ट्राभलहरुले  पनि हङकङ चार्टर फ्लाइट गर्न प्रती यात्रु १ लाख १० हजारमा टिकट खर्च लाग्ने गरि उडानको तयारी गरेको थियो। कोरोना महामारीको विषम परिस्थितिमा सस्तो र सुलभ तरिकाले हङकङ जान मिल्ने गरि हार्बेस्ट मुन ट्राभल र  हिमालय एअर लाइन्ससग अनुरोध गरे पछी  ६३ हजार रुपैयाँमा उडान गर्न सहमत भएको  एनआरएनए हङकङका  अध्यक्ष राधिका गुरुङले ( टीका) ले बताईन् ।

 ‘हङकङमा लकडाउन खुला हुदै गएकोले नेपालमा अडकिएका कतिपय नेपालीको जागीर गुम्ने अवस्था आएको तथा कतिपय बच्चाहरुको  स्कुल शुरु हुन लागेकोले सबैलाई  तनाब शुरु भएको थियो’ उनले भनिन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top