ब्याज सस्तो बनाउन बैंकहरु लागे, बेसरेट घटाउने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ५, साेमबार,०५:३३:PM  
ब्याज सस्तो बनाउन बैंकहरु लागे, बेसरेट घटाउने

काठमाडौं । बैंकहरुले कर्जाको ब्याजदर सस्तो बनाउन आधारदर (वेसरेट) घटाउन लागेका छन् । कोरोना भाइरस महामारीले अर्थतन्त्रमा ठूलो क्षति गरेपछि यसको पुनर्रूत्थान गर्न सस्तो ब्याज आवश्यक पर्ने भन्दै बैंकहरुबाट आधारदर कम गर्न प्रयास भएको हो ।

अहिले आधारदर कम गर्ने विषयमा अध्ययन भइरहेको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले बताए । ब्याजदर सस्तो बनाउन कोरोनाबाट क्षति भएको क्षेत्रहरुको वर्गिकरणको काम भइरहेको उनले सुनाए ।

अति प्रभावित, कम र प्रभाव नपरेको क्षेत्र पहिचान भइरहेको उनले जानकारी दिए । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै अध्यक्ष दाहालले नेपाल राष्ट्र बैंकले नीतिमा केही सहज गरे बैकिङ प्रणालीमा २०० अर्ब  आउने बताए । ‘अहिले ८०० अर्ब रुपैयाँ पुँजी बैंकमा रहेका बेला २०० अर्ब रुपैयाँ मात्र बाहिर ल्याउन सकियो भने  तरलता बढ्न गई ब्याज अझ सस्तो हुन्छ’ उनले भने ।

उद्योगी, व्यवसायी र बैकर एउटै डुङामा रहेकाले दुबै एक अकअर्कामा परिपुरक भएको दाहालले बताए । बैंकहरुको वित्तीय अवस्था प्रतिकुल भएको उनले सुनाए । दाहालका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा बैंकहरुको नाफा घटेको उनले जानकारी दिए ।

यसमा पनि केही बैंकको नाफा ऋणात्मक भएको पाइएको छ । उद्योगी र बैंकरबीच उत्पन्न असमझदारीको अन्त्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर संघबीच संयुक्त समिति बनाएको उनले जानकारी गराए ।   

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top