४६ अर्ब वैदेशिक सहयोग, विश्ब बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकले गरे सम्झौता  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ८, बिहीबार,०४:३७:PM  
४६ अर्ब वैदेशिक सहयोग, विश्ब बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंकले गरे सम्झौता  

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म सरकारले दुई बहुपक्षिय दातृनिकायहरुबाट झण्डै ४६ अर्ब रुपैयाँ  वैदेशिक सहायता प्राप्त गरेको छ । जसमध्ये १ अर्ब ९ करोड ९२ लाख रुपैयाँ अनुदान र ४४ अर्ब ७६ करोड ८ लाख रुपैयाँ ऋण सहयोग प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी सहयोग विश्व बैंकको छ । बैंकले अनुदान र ऋण दुबै सहयोग गरेको छ । विश्व बैंकले प्रादेशिक सहयोग कार्यक्रमका लागि १ अर्ब ९ करोड ९२ लाख रुपैयाँ अनुदान दिने सम्झौता गरेको छ ।

भूकम्पबाट पीडितको आवास निर्माण परियोजनाका लागि दोस्रो चरणको २२ अर्ब ८२ करोड रुपैयाँ ऋण सहयोग सम्झौता भएको अर्थले जनाएको छ । विश्व बैंकले क्याट डीडीओ परियोजनाका लागि ६ अर्ब रुपैयाँ ऋण सहायताको सम्झौता गरेको छ । 

विद्युत वितरण र विस्तार परियोजनाका लागि यरोपियन इन्भेस्टमेन्ट बैंकले १२ अर्ब ४२ करोड रुपैयाँ ऋण दिने सम्झौता गरेको छ । कोरोना भाइरसका लागि विश्व बैंकले ३ अर्ब ५३ करोड रुपैयाँ सहयोग विश्व बैंकले दिएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top