कोरोना भाइरस संक्रमितको संख्या ५०७ पुग्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ९, शुक्रबार,०४:५२:PM  
कोरोना भाइरस संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेलधुरा र वैतडीमा पनि थप संकमित फेला परेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डडेलधुराको पराशुराम—१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ—१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई— २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संख्या ५०७ पुगेको छ । यता, ७० जना भने निकाे भएर घर फर्केका छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top