कोरोना भाइरस संक्रमितको संख्या ५१६ पुग्यो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ९, शुक्रबार,०८:४८:PM  
कोरोना भाइरस संक्रमितको संख्या ५१६ पुग्यो 

​काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५१६ पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार साँझ थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि गरेको हा ।

पछिल्लो सङ्क्रमण पुष्टि हुनेहरूमा हेटौँडा, भक्तपुर सप्तरी र बाराका बासिन्दाहरू रहेका बताइएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएका छन्।बिहान मन्त्रालयले ३० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो।

उनका अनुसार बाँकेमा २१ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्। उनीहरू सबै नेपालगन्जका हुन्। देशभरि भाइरसमुक्त भएर निको हुनेको सङ्ख्या ७० पुगेको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top