काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित थप ३२ जनाको पहिचान भएको छ। तीमध्ये अधिकांश युवा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिबार बिहान दिएको जानकारी अनुसार कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना तथा बारा र काठमाडौंमा १ १ जना सङ्क्रमितको पहिचान भएको हो । नेपालमा जम्मा सङ्क्रमितको सङ्ख्या ५४८ पुगेको छ।
सङ्क्रमित अधिकांश १७ वर्षदेखि ४० वर्षसम्मका छन्। थपिएका सङ्क्रमितहरू मध्ये २ जना महिला रहेको मन्त्रालयले जनाएको छ।
थप
expand_moreकम
expand_less