कुमारी बैंकद्वारा ट्राफिक प्रहरीलाई १०० लिटर सेनिटाईजर सहयोग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ १०, शनिबार,०४:४२:PM  
कुमारी बैंकद्वारा ट्राफिक प्रहरीलाई १०० लिटर सेनिटाईजर सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले  नेपाल ट्राफिक प्रहरीलाई १०० लिटर सेनिटाईजर सहयोग स्वरूप प्रदान गरेको छ । 

बैंकले रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच सेनिटाईजर हस्तान्तरण गरेको हो । 

उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्यले काठमाडौं महानगर प्रहरीका  एसएसपी भीम प्रसाद ढकाललाई सेनिटाईजर हस्तान्तरण गरेका हुन् ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना देशव्यापी शाखा र एटिएममार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top