थपिए ३६ कोरोना  संक्रमित, पुग्यो ५८४

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ १०, शनिबार,०४:४९:PM  
थपिए ३६ कोरोना  संक्रमित, पुग्यो ५८४

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितको संख्या ५८४ पुगेको छ । 

कोरोना संक्रमण देखिनेमा कोरोना निको हुनेको संख्या ७० पुगेको छ । कोरोना संक्रमण देखिने जिल्ला ४० पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५०७ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top