कोभिड १९ को चुनौती : श्रमिक व्यवस्थापन 

account_box सुवास याेञ्जन ,
प्रकाशित: २०७७ जेठ १२, साेमबार,१०:२०:AM  
कोभिड १९ को चुनौती : श्रमिक व्यवस्थापन 

नेपालमा मात्र हैन विश्वका अधिकाशं मुलुकले नोबल कोरोना भाईरस (कोभिड–१९)लाई नियन्त्रण गर्न लकडाउनको समय बढाउँदै लगिरहेका छन् । महिनौं दिनदेखिको लकडाउनले विश्वको अर्थतन्त्र धरासायी भइरहेको छ । 

दिन प्रतिदिन उद्योग व्यवसायहरु बन्द हुने क्रम जारी छ । कोरोनाका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । भाइरसको संक्रमण बढेसँगै विश्वका अधिकाशं मुलुकले हवाई सेवा बन्द गरेका छन् । होटल, रेष्टुरेन्टहरु बन्द भएका छन् । 

लामो समय देखी उद्योग व्यवसाय बन्द हुदै गएपछि त्यससँग आश्रीत लाखौं श्रमिकहरु अहिले बेरोजगार हुन थालेका छन् । नेपालमा लक डाउन भएको २ महिना भईसकेको छ । यो अवधिमा लाखौ  श्रमिकहरुले रोजगारी गुमाइसकेका छन् भने लाखौ रोजगारी गुमाउने अवस्थामा छन् ।

भाइरस नियन्त्रणको कुनै संकेत देखिएको छैन । यसले गर्दा कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ भन्न सक्ने स्थिति छैन । त्यहि भएर उद्योगी/व्यवसायीहरुले धमाधम श्रमिकहरु कटौती गर्न थालेका छन् । नेपालमा मात्र हैन, नेपालबाट रोजगारीका लागी विदेशमा गएका लाखौं नेपालीहरु पनि अहिले कोरोनाको चपेटामा परेका छन् ।  

मलेसियामा १ लाख ५० हजार नेपालीले रोजगारी गुमाउने अनुमान गरिएको छ । यस्तै, खाडी मुलुकहरु संयुक्त अरव इमिरेट्स (यूएई)मा १ लाख २० हजार, कतारमा ८५ हजार, साउदी अरेबियामा ७६ हजार, कुवेतमा १ लाख २० हजार, बहराइनमा ४ हजार २ सय र ओमनमा १ लाख ५० हजार नेपालीले रोजगारी गुमाउने अनुमान छ ।

श्रम आप्रवासन विज्ञ रामेश्वर नेपाल लकडाउन पछि श्रमिकको व्यवस्थापन गर्ने योजना पहिलो दायित्व सरकारको हो । तर, सरकारले खासै चासो देखाएको छैन । सरकारी अधिकारीहरुले अहिलेसम्म श्रम समस्यालाई हल्का ढंगले लिइरहेका छन् । नेपालमा बेरोजगार भएका र विदेशबाट आएका श्रमिक  व्यवस्थापन गर्ने विषयमा ठोस कदम चाल्न नसकेमा त्यसको परिणाम भयावह हुने उनको भनाई छ । 

खाडी मुलुकमा साढे चार लाखले रोजगारी गुमाउदै

कोरोनाले कति श्रमिकहरु प्रभावित हुन्छन् भन्ने एकिन तथ्यांक छैन ।   नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रारम्भीक अध्ययनअनुसार अहिलेकै अवस्थामा खाडी मुलुकमा मात्र ४ लाख ४८ हजार ९ सय ५० जनाले रोजगारी गुमाउने छन् । 

संघका महासचिव सुजित श्रेष्ठले कोरोनाकै कारण कुन देशमा कतिले रोजगारी गुमाउँदै छन् भन्ने एकिन तथ्यांक अहिले नै आउन नसक्ने बताए । ‘तर, अहिलेकै अवस्थामा करिब साढे ४ लाख नेपालीहरुले रोजगारी गुमाउने अवस्था आएको छ’, उनले भने, ‘कोरोना भाइरस कुनै पनि देशमा पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र  प्रभाव कहिलेसम्म रहने भन्ने यकिन नभएका कारण कति नेपालीले रोजगारी गुमाउदै छन भन्ने एकिन गर्न गाह्रो भएको हो ।’

रोजगारी गुमाएका अधिकांस व्यक्तिहरु स्वदेशमै फर्किने सम्भावना रहन्छ । अहिले नै पनि रोजगारी गुमाएका र अवधि सकिएर घर फर्कने तयारीमा रहेका हजारौं श्रमिक स्वदेश फर्कन चाहिरहेका छन् । तर, लकडाउन र अन्तर्राष्ट्रिय हवाई उडान बन्द रहेका कारण स्वदेश फर्किन पाईरहेका छैनन् ।   

संघकाअनुसार मलेसियामा १ लाख ५० हजार नेपालीले रोजगारी गुमाउने अनुमान गरिएको छ । यस्तै, खाडी मुलुकहरु संयुक्त अरव इमिरेट्स (यूएई)मा १ लाख २० हजार, कतारमा ८५ हजार, साउदी अरेबियामा ७६ हजार, कुवेतमा १ लाख २० हजार, बहराइनमा ४ हजार २ सय र ओमनमा १ लाख ५० हजार नेपालीले रोजगारी गुमाउने अनुमान छ । हाल मलेसियासहित खाडी मुलुकमा १८ लाख २ हजार ५ सय नेपालीहरु कार्यरत रहेको अनुमान छ ।

नेपालीहरु खाडी मुलुकमा विशेषगरी निर्माण क्षेत्र, उद्योग, होटल र सुरक्षा (सेक्युरिटी गार्ड) सेवाका क्षेत्रमा क्रियासिल रहेको पाईन्छ । कामको आधारमा भन्दा निर्माण क्षेत्रमा २१.१ प्रतिशत, उद्योगमा १७.३ प्रतिशत, होटलमा ९.३ प्रतिशत, कार्पेन्टरमा ८.३ प्रतिशत र सेक्युरिटी गार्डका रुपमा ७ प्रतिशत नेपाली युवाहरु खाडी मलेसियालगायत खाडी मुलुकभच क्रियासिल छन् । १६.६ प्रतिशत नेपाली कामदार अन्य काम (क्लिनर, घरायसी कामदार) गर्छन् । देशगत रुपमा हेर्दा साउदी अरब, यूएई, कतार र कुवेतमा निर्माण क्षेत्रमा, मलेसियामा उद्योगमा र सेक्युरिटी गार्डमा बढी कामदार जाने गरेका छन् ।

पर्यटन क्षेत्रका ७ लाख श्रमिक बेरोजगार

कोरोना भाईरसका कारण विश्वव्यापी रुपमै सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन हो । नेपालमा पनि कोरोनाका कारण पर्यटन क्षेत्रमा आवद्ध ७ लाखभन्दा बढी श्रमिकहरु अहिले बेरोजगार छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनन्जय रेग्मिले होटल क्षेत्रमा मात्र करिव २ लाख र पदयात्रा तर्फ करिव १ लाख ५० हजार श्रमिकहरु अहिले बेरोजगार भएको बताए ।  

७ लाख पर्यटन श्रमिकभित्र हवाई सेवा, होटल, रेष्टुरेन्ट, होम स्टे, पर्यटक बस, पदयात्रामा संलग्न श्रमिकहरु समेतको संख्या हो । नेपालमा तारेस्तरका १ सय ३८ र पर्यटकस्तरका १ हजार १ सय ५१  गरी १ हजार २ सय ८९ होटल रहेका छन । होटल एशोसिएसन अफ नेपाल (हान)काअनुसार श्रमिकहरुले मासिक रुपमा तलव सुविधा बापत ८५ करोड २२ लाख रुपैयाँ बुझ्ने गरेका छन् ।  

भारत गएका श्रमिकको तथ्यांक छैन

रोजगारीका लागि छिमेकी मुलुक भारतमा लाखौंको संख्यामा नेपालीहरु गएका छन् । तर, कति संख्यामा नेपालीहरु भारतमा काम गरिरहेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । अहिले कोरोना भाइरसको कारण त्यहाँ कार्यरत श्रमिकहरु धमाधम नेपाल फर्किरहेका छन् भने केहि फर्कने तरखरमा छन् । तराई र सुदुरपश्चिम क्षेत्रका धेरै युवाहरु रोजगारीका लागि भारतमा जाने गरेका छन् । 

 लकडाउनमा मात्र सुदुरपश्चिममा १ लाख भन्दा बढी नेपालीहरु घर फर्किएका छन् । यस्तो लर्को तराई क्षेत्रका जिल्लाहरुमा देखिन्छ । श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरे भारतमा रहेका नेपालीहरुको यकिन तथ्यांक नभएको बताउछन् । भारतसँग खुला सीमा रहेको कारण नेपालबाट भारतमा रोजगारीका लागि जाने र भारतबाट पनि नेपालमा धेरै रोजगारीका लागि आउने गरेको उनको भनाई छ ।

लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना नगर्ने

सरकारले कोरोना भाइरसको कारण अर्थतन्त्र सिथिल भएको भन्दै खर्च कटौति गर्न लागिरहेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणले निम्त्याएको समस्यापछि प्रशासनिक खर्च कम गर्न नयाँ भर्ना रोक्न लोकसेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो । यसबाट निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाहरूमा नयाँ कर्मचारी भर्ना प्रक्रिया पनि प्रभावित हुने देखिएको छ । 

आन्तरिक श्रम बजारमा चाप 

वार्षिक करिब ५ लाख युवायुवतीहरु कामको खोजिमा श्रम बजारमा प्रवेश गर्छन । यस्तै विदेशबाट फर्केका कामदारहरु श्रम बजारमा थपिदा ब्यबस्थापन गर्नु साच्चै नै चुनौतीपूर्ण हुनेछ । नेपालमा अहिले नै उच्च बेरोजगारी र श्रमको अल्प उपयोगको अवस्था छ । त्यसमाथि कोरोना संकटले आन्तरिक रोजगारी गम्भीर रूपमा प्रभावित भई लाखौंको रोजगारी संकटमा परिरहेको छ । 

अनौपचारिक क्षेत्रमा काम गर्नेहरु यसबेला सबैभन्दा बढी र छिटो प्रभावित हुन्छ । एकातिर नयाँ रोजगारी सिर्जना नहुने र अर्कोतिर भएको रोजगारी पनि गुम्ने अवस्थाले नेपालमा बेरोजगारीको दरलाई भयावह बनाउने निश्चित छ । कोरोनाका कारण स्वरोजगार बनेका साना तथा घरेलु उद्यमहरु पनि बन्द भएका छन्, यसले पनि वेरोजगारी अझै दर्दनाक बनाउने छ ।

वैदेशिक रोजगार व्यवसाय संकटमा पर्दा यसमा संलग्न रहेको जनशक्ति र आन्तरिक रोजगारीमा समेत असर पर्छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ अनुसार हाल ९ लाख ८ हजार व्यक्तिहरु बेरोजगार छन् । सर्वोक्षणले ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीमा संलग्न भएको उल्लेख गरेको छ । १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्यालाई रोजगारी वा वेरोजगारी समूहमा वर्गीकत गर्ने गरिएको छ । यसआधारमा भन्दा महामारीका कारण १५ प्रतिशत मात्र व्यत्तिल बेरोजगार भए भनेपनि करीव १२ लाख व्यक्ति बेरोजगार थपिन्छन् । त्यसमा विदेशमा रोजगारी गुमाई फर्कनेहरुको ठूलो संख्यालाई जोड्दा वेरोजगारका् संख्या थेगिनसक्नु हुन्छ ।

सर्वेक्षणलाई नै आधार मान्ने हो भने अ‍ैपचारिक क्षेत्रमा ३७.८ प्रतिसत मात्रै रोजगार छन् भने अनौपचारिक क्षेत्रमा ६२.२ प्रतिशत रोजगारीमा छन् । सामान्य बुझाईमा औपचारिक क्षेत्रमा रोजगारी गर्नेहरु केही समयको बन्द वा हड्ताल वा लकडाउनले प्रभावित हुँदैनन् भन्न सकिन्छ । तर, अनौपचारिक क्षेत्रमा काम गर्नेहरु यसबेला सबैभन्दा बढी र छिटो प्रभावित हुन्छ । एकातिर नयाँ रोजगारी सिर्जना नहुने र अर्कोतिर भएको रोजगारी पनि गुम्ने अवस्थाले नेपालमा बेरोजगारीको दरलाई भयावह बनाउने निश्चित छ । कोरोनाका कारण स्वरोजगार बनेका साना तथा घरेलु उद्यमहरु पनि बन्द भएका छन्, यसले पनि वेरोजगारी अझै दर्दनाक बनाउने छ ।

१ लाख १५ हजार विदेश जान पाएनन

कोरोना भाइरसको प्रभावका कारण १ लाख १५ हजार युवाहरु रोजगारीका लागि विदेश जानबाट बञ्चित भएका छन् । रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागवाट विदेश जान अनुमति प्राप्त १ लाख १५ हजार कामदार हवाई उडान बन्दा र विश्वभर जारी बन्दाबन्दीले कार्यस्थलमा जान नपाएका हुन् ।

रोजगारीका लागि २०७५/०७६ को असारसम्म ५ लाख ८ हजार ८ सय २५ र ०६७÷७७ को फागुनसम्म ३ लाख ६५ हजार ९ सय ३९ जना नेपालीहरु विदेशमा गएका थिए । 

सीप र दक्षता 

रोजगारीमा विदेश गएका नेपालीमध्ये ३३.५ प्रतिशत अदक्ष श्रमिकको रूपमा रहेको एक अध्ययनले देखाएको छ । १३.६ प्रतिशत सुरक्षा गार्ड, २.३ प्रतिशत कृषि मजदुर, २.३ प्रतिशत घरेलु कामदारको रूपमा, ३.५ प्रतिशत क्लिनरको रूपमा र बाँकी अन्य पेसा तथा क्षेत्रमा कार्यरत रहेको देखिन्छ । 

उच्चस्तरको सीप तथा ज्ञान आवश्यक पर्ने सुपरभाइजर, प्राविधिक/मेकानिक्स तथा टेवल वर्कजस्ता कामको लागि विदेश जानेको संख्या विगतको तुलनामा वृद्धि भए तापनि खासै ठूलो प्रगति भने भएको देखिँदैन । रोजगारीमा गएका मध्ये १०.१ प्रतिशत प्राविधिक तथा मेकानिक्सको रूपमा, ४.१ प्रतिशत सुपरभाइजरको रूपमा तथा ३.२ प्रतिशत कार्यालयमा काम गर्ने कामदार रहेका छन् ।

नेपाली कामदारहरूको दोस्रो ठूलो माग हुने क्षेत्र सुरक्षा गार्ड रहेको छ । यस्तै सामान्य प्रकृतिको दक्षता आवश्यक पर्ने पेन्टर, सिकर्मी, वेटर, ड्राईभर जस्ता क्षेत्रमा समेत ठूलै संख्यामा नेपाली कामदारहरू विदेश जाने गरेका छन् । ड्राइभरको रूपमा जाने ९.५ प्रतिशत, पेन्टर÷सिकर्मी ६.४ प्रतिशत, सेल्स मेन ३.८ प्रतिशत तथा वेटर/कुक ४.९ प्रतिशत रहेका छन् । 

उच्चस्तरको सीप तथा ज्ञान आवश्यक पर्ने सुपरभाइजर, प्राविधिक/मेकानिक्स तथा टेवल वर्कजस्ता कामको लागि विदेश जानेको संख्या विगतको तुलनामा वृद्धि भए तापनि खासै ठूलो प्रगति भने भएको देखिँदैन । रोजगारीमा गएका मध्ये १०.१ प्रतिशत प्राविधिक तथा मेकानिक्सको रूपमा, ४.१ प्रतिशत सुपरभाइजरको रूपमा तथा ३.२ प्रतिशत कार्यालयमा काम गर्ने कामदार रहेका छन् । त्यसैगरी, प्रहरी तथा सिपाहीको रूपमा २ प्रतिशत विदेश गएका छन् भने वैदेशिक रोजगारमा गई गन्तव्य मुलुकमा अफ्नै व्यवसाय सञ्चालन गर्ने नेपाली ०.९ प्रतिशत रहेका छन् ।

निर्माण क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्छ

रबी सिंह
अध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

आगामी बजेट निर्माण क्षेत्रलाई प्राथमिकता दिएर आउनुपर्छ । यसले स्वदेशमै धेरैभन्दा धेरै जनालाई रोजगारी दिन सकिन्छ । बजेट ल्याउँदा ठूला भन्दा पनि स–साना आयोजनाहरुलाई प्राथमिकता दिएर ल्याउनुपर्छ । बढीभन्दा बढी योजना १० करोडसम्मका भए स्थानीयस्तरमै रोजगारी दिन सकिन्छ ।

यसले रोजगारीको मात्रा बढेर तत्कालको अनिश्चय रोकिन्छ भने स्थानीयस्तरमा विकास निर्माणका कामले गति लिन्छ । यसबाट निर्माण क्षेत्रमा लाग्ने श्रमिकले मात्र फाइदा लिँदैनन, त्यो सँगै खाद्य उद्योग, कृषि, निर्माण सामग्री उद्योग, बनपैदावरसँग सम्बन्धित उद्योगदेखि लत्ताकपडाहरुको उद्योग समेत स्थानीय स्तरमै चल्न सक्छ । 
(क्यापिटल म्यागजिनबाट)

सुवास याेञ्जन

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी रोजगार बाट थप

Top