काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७७२ पुगेको छ । मंगलबार मात्र ९० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नियमित पत्रकार सम्मेलनमा उनले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।
संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २र२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एकरएक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।
हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।