जमुना वर्षा शर्मा, पोखरा । बन्दाबन्दीले समस्यामा परिरहेका पोखरा ९ का ४२ जना सुत्केरी गर्भवती, असहाय र एकल महिलालाई माइला कान्छा अभियानबाट राहत वितरण गरिएको छ ।
टोल विकास संस्था वडा ९ समन्वय समितिका अध्यक्ष उत्तम श्रेष्ठको रोहबरमा अभियानकर्मी माया गुरुङ र पार्वती गुरुङले एक बोरा चामल र तेल गरेर ६५ हजार बराबरको राहत सामग्री वितरण गरेका हुन ।
युके निवासी माया र पार्वती गुरुङ नेपाल आए लगत्तै बन्दाबन्दीमा परेपछि समस्यामा परेका विपन्न परिवारलाई अभियान मार्फत राहत सङ्कलन गरेर वितरण गर्दै आएका हुन।
पोखरा महानगरपालिका वडा नं ९ को प्रदर्शनी केन्द्रमा ३० जनालाई र राहत लिन आउन नसकेकाहरुलाई १२ जनालाई घरमै पुर्याएर सहयोग वितरण गरेको अभियानका एक सदस्य माया गुरुङले बताईन्। उनले भनिन् “ जीवनयापन सहज हुन सकिरहेको छैन, आपत विपत्मा परेकाहरुको कष्टकर जीवनलाई देखेपछि हामीले सहयोग अभियान शुरु गरेका थियौ, यसमा निरन्तर रुपमा युके निवासी सामाजिक व्यक्तिहरुले आर्थिक सहयोग गर्दै आउनु भएको छ । हामी लक्षित वर्गसम्म पुगेर सहयोग गरिरहेका छौ ।” उनले अहिलेको सहयोग युके निवासी इन्द्रकुमारी र शिवकुमारी गुरुङले सङ्कलन गरेर रू ६५ हजार पठाएकोे जानकारी दिइन् ।
अभियानका अर्का सदस्य पार्वती गुरुङ मानवीय सेवा नै धर्म भएको बताइन् । “कोरोना क्रासले मानवीय जीवननै सटमा पर्दैछ, रोगले भन्दा पनि भोगले मरीने समस्या देखिन थालेको छ । राहत वितरणमा हिड्दा पनि उत्तिकै जोखिम छ । यो हाम्रो पाँचौ चरणको अभियान हो । सकेको सहयोगमा जुटेका छौ ।” उनले भनिन् ।
राहत वितरणको समन्वय गरेकी काँग्रेस नेतृ सरस्वती गुरुङले अहिलेको जटिल अवस्था महिला सुत्केरी, गर्भवती, असहाय, अपाङ्गता, एकल महिला बढी प्रभावित भएको बताइन । महिलाको वास्तविक अवस्था महिलाले नै बुझ्न सक्ने भन्दै माइला कान्छा अभियानका माया र पार्वती गुरुङ विशेष धन्यवादको पात्र भएको बताइन् ।
राहतका ६ महिनाकी गर्भवती, ४० दिनकी सुत्केरी सहित एकल र असहाय महिला घरका अन्य सदस्य सहित उपस्थित भएका थिए ।
माइला कान्छा अभियानले हाल सम्म १५ लाखको सहयोग गरेको उनले जानकारी दिइन् ।