विदेशबाट फर्कनेको व्यवस्थापनमा जुट्दै प्रदेश २ सरकार, स्वरोजगारको योजना बनाउदै मुख्य मन्त्री राउत

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ २०, मङ्गलबार,०६:०७:PM  
 विदेशबाट फर्कनेको व्यवस्थापनमा जुट्दै प्रदेश २ सरकार, स्वरोजगारको योजना बनाउदै मुख्य मन्त्री राउत

काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को प्रभाव अहिले विश्वभर दैनिक   बढीरहेको छ । भाइरसको प्रभाव बढेसँगै रोजगारीका लागि विदेशमा गएका नेपाली श्रमिकहरुले रोजगारी गुमाइरहेका छन् । नेपालबाट सबैभन्दा बढी भारतमा  रोजगारीका लागि गएका छन् । तीनिहरु मध्ये केहि फर्किसकेका छन् भने धेरै  फर्कने तयारी छन् ।

अहिले नेपालमा संक्रमितहरुको संख्यामा बढी जस्तो भारतबाट फर्किएकाहरुमै देखिएका छन् । भारतबाट फर्कने नागरिकहरु अधिकांश प्रदेश २ र ५ मा भित्रिरहेका छन् । आफ्नो प्रदेशका भित्रिएका नागरिकहरुलाई सुरक्षीत रुपमा घरसम्म पु¥याउने योजना प्रदेश २ ले बनाइरहेको छ । सो प्रदेशबाट ५ लाख भन्दा बढी भारतबाट र त्यतिकै अन्य तस्रो मुलुकमा गएका छन् ।

तर, मुख्य मन्त्री लालबाबु राउतले भाइरसको प्रभावले कति संख्यामा नेपाल फर्कन्छन भन्ने एकिन नगरेको बताए । ‘भारतबाट दैनिक रुपमा फर्किरहेका छन्,’ मुख्य मन्त्री राउतले भने ‘तेश्रो मुलुुकबाट पनि ठूलो संख्यामा फर्किन चाहिरहेका छन् ,तर उनीहरुको संख्या एकिन भइसकेको छैन ।’

विदेशबाट फर्किने नागरिकलाई सुरक्षीत आफ्नो घरसम्म पु¥याउने दायित्व प्रदेश सरकारको रहेको मुख्य मन्त्री राउतले बताए । उनले भने ‘हामी अहिले त्यसका लागि व्यवस्थीत क्वारेन्टाइनहरु बनाउन लागिरहेका छौं ।’ अहिले  प्रदेश नम्बर २ मा रहेको धर्मशाला, अस्पतालका बेडहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने तयारी भइरहेको छ । क्वारेन्टाइन निर्माण गर्न नेपाली सेनाले सहयोग गरिरहेको बताइएको छ ।   
केन्द्रिय सरकारको सहयोग भएन

  भाइरसको महामारीसँग लड्न केन्द्रिय सरकारले एक रुपैयाँ पनि सहयोग नगरेको मुख्य मन्त्री राउतको गुनासो छ  । अहिलेसम्म केन्द्रीय मन्त्रीहरु कसैले पनि प्रदेश नम्बर २ को अवस्थायमा चासो र चिन्ता ब्यक्त नगरेको उनले बताए ।  

‘अहिले विर्सेर २ नम्बर प्रदेशको जनतालाई बचाउने प्रमुख जिम्मेवारी मेरो हो’ उनी भन्छन्, ‘प्रदेश सरकारकै सिमित श्रोत साधनलाई प्रयोग गरेर राहत वितरण देखी क्वारेन्टाइन निर्माणमा कुनै कसुर बाकी राखेको छैन ।’ 

काठमाडौंमा बसेर मिडिया र संसद भवनमा चिल्ला कुरा गरेर मात्र कोरोना भाइरस नियन्त्रणमा आउन नसक्ने भन्दै सर्वसाधारणको वास्तविक पिडा बुझ्न फिल्डमै आउन केन्द्रिय मन्त्री र नेताहरुलाई उनले आग्रह गरेका छन् ।

स्वरोजगार बनाउने योजना

विदेशबाट फर्किएकाहरुलाई सिप अनुसारको रोजगारी दिने योजना प्रदेश २ ले बनाएको छ । उनले भने ‘ऋण लिएर गएकाहरुको अहिले पनि ऋण सकिएको छैन, खेतवारी धरौटीमा राखेको हुन्छ, त्यस्ता मजदुरहरुलाई विषेश राहतका प्याकेजहरु ल्याएर स्वरोजगार बनाउन लागिएको छ ।’

कृषिलाई प्राथमिकता

दुई नम्बर प्रदेश कृषिको उर्वर भूमि भएकोले विदेशबाट फर्किएकाहरुलाई कृषि पेशामा लाग्न जागरुप बनाउने योजना बनाएको छ । कृषि कर्जा सहज रुपमा लिने व्यवस्था गर्ने, अहिले लिएको कर्जाको ब्याजलाई पुर्नतालिकिरण गरेर तिर्ने व्यवस्था मिलाउने र आवश्यक तालिम सहित विउँ विजन दिने व्यवस्था गर्न लागिएको जनाएको छ ।

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी प्रदेश -२ बाट थप

Top