काठमाडौं । लकडाउन बढेसँगै अनलाइन सपिङको मार्केट बढेको छ । बजारमा कोरोना भाइरसको जोखिम बढ्ने डरले मानिसहरुले अनलाइन मार्फत आवश्यक सामाग्रीहरु अनलाइन अर्डर गर्न थालेका छन् ।
यसैबीच अनलाईन बजार ग्यापुले डिपाटमेन्टल स्टोर सेल्सवेरीसंग सहकार्य गरि खाद्य वस्तुहरू, घरमा चाँहिने आवश्यक सामानहरु काठमाडौ उपत्यका भित्र र बाहिर ढुवानी गर्ने सम्झौता गरेको छ । सेल्सवेरीको शाखाहरु देशको विभिन्न ठाँउमा भएकोले एकै दिनमा सामानहरु ढुवानी हुने आशा ग्यापुको रहेको छ ।
ग्यापु र सेल्सवेरीको सहकार्यले अब दैनिक उपभोक्ताको बस्तुहरु २४ घण्टा भित्रै देशको विभिन्न भागहरुमा पुग्ने छ । सेल्सवेरीले काठमाडौ, बनेपा र पोखरामा २३ वटा विभिन्न शाखाहरुबाट सेवा दिदै आएकोले अब त्यहि शाखाहरुबाट सोहि दिन ग्यापुले सेवा प्रदान गरिने छ ।
बन्दाबन्दी सके लगत्तै पछि ग्यापुले काठमडौ उपत्यका वाहिर आफ्नो सेवा प्रदान गर्ने पुर्ण तयारी गरेको छ ।
यस बाहेक, सेवाग्राहीले २४ घण्टा भित्र निःशुल्क ढुवानी, अग्रिम भुक्तानीमा इसेवाबाट क्यासब्याक, ग्यापुको विशेष अफरहरुको पनि उपभोक गर्न सकिने छ । सेवाग्राहीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक काड, आइएमई पे,फोन पे,कनेक्ट आइपीएस,खल्ती,प्रभु पे र जी क्यास वा सामान प्राप्त गरे पछि तिर्ने विकल्पहरुबाट सामानहरु खरिद गर्न सकिने छ।
सामान अडर गर्नका लागि ९८०१८५५५४८र४९ मा फोन गर्न सकिने जाएको छ ।