काठमाडौं । कोरोना भाइरसको संक्रमणबाटबाट बच्न भन्दै सरकारठले घोषणा गरेको गरेको महिनौदिन भइसकेको छ । यो अवधिमा अत्यावश्यक बाहेक सबै प्रकारका व्यवसाय ठप्प छ । सरकारले पछिल्लो समय लकडाउनको समय थप गरेर ३२ जेठसम्म पु¥याएको छ । यस अवधिमा पुरै आर्थिक गतिविधि बन्द रोगले भन्दा भोकले समस्या पार्ने अवस्था आएको भन्दै व्यवसायीले लकडाउन केहि खुकुलो गर्न सरकारसँग आग्रह गरेका छन् ।
त्यस्तै लकडाउनको अवधिमा व्यवसाय बन्द भएपनि घरबेटीले भाडा माग्न थालेको, बेैंक तथा सहकारीले कर्जाको किस्ताको लागि फोन गर्न थालेको तथा सरकारले समेत कर दाखिला गर्न दबाब दिन थालेपछि बिशेष गरि साना व्यवसायीहरु आक्रोशित भएका छन् ।
काठमाडौंको जोरपाटी क्षेत्रका व्यवसायीहरुले त मंगलबार नै लकडाउनको उल्लंघन गर्ने भन्दै प्रदर्शन समेत गरी बुधबारबाट पसल सञ्चालनमा ल्याइसकेका छन् । त्यस्तै दरबार मार्ग क्षेत्रका पसलहरु खुल्न थालिसकेका छन् । त्यस्तै न्यूरोड चावहिललगायतका क्षेत्रका व्यवसायीले बुधबारबाट ११ बजेसम्म पसल खोलेर लकडाउन उलंघन गर्ने चेतावनी दिइसकेका छन् ।
काठमाडौंमा मात्र हैन, उपत्यका बाहिरका अधिकाशं जिल्लामा पनि उद्योग वाणिज्य सघंहरुले नै सामाजिक दुरी कायम गरी पसल चलाउने निर्णय गरिसकेका छन् । मानिस अहिले रोगले भन्दा भोकले मर्न लागेको भन्दै संक्रमणबाट बच्ने उपाय अपनाएर पसल सञ्चालन र्गे निर्णय गरिएको उनीहरु बताउँछन् ।
पोखरा, दोलखा, रुपन्देही, सुर्खेत, कैलाली, गुल्मी, इलाम, तुलसीपुर उद्योग वाणिज्य सघ सहित १ दर्जन भन्दा बढी संघहरुले लकडाउकाबीचमा व्यापार व्यवसाय शुरु गर्ने सस्थागत निर्णय गरेका हुन् ।
नेपाल राष्ट्रिय बाणिज्य महासंघले बिहिबारबाट सबै पसल तथा उद्योग खोल्ने निर्णय गरेको छ । बुधबार महासंघले विज्ञप्ती जारी गर्दै बिहीबार बिहान ११ बजेसम्म सबै साना तथा ठूला उद्योग पसल खुला गरिने जनाएको हो ।
व्यवसायीहरुले स्वस्फूर्त रुपमा व्यवसाय सञ्चालन गर्ने निर्णय गरेपछि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख एवंम प्रतिनिधिहरुसँग छलफल गरेका थिए । छलफलमा व्यवसायीहरुले लकडाउनलाई खुकुलो बनाउदै लैजानुपर्ने सुझाव दिएका थिए ।
चौतर्फी दबाब हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहिबार विभिन्न क्षेत्रका विज्ञहरुसँ छलफल गरेका छन् । झन्डै ५ घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव दिन समय दिएका थिए । त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे आवश्यक निर्णय लिने बताएका छन् ।
अर्थविद्हरु रामेश्वर खनाल, पिताम्बर शर्मा, स्वर्णीम वाग्ले रअन्य ७ जना चिकित्सक लगायत झन्डै ३० जनाले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।