काठमाडौं । कोरोना भाइरसको कारण विश्वका अधिकांश मुलुक लकडाउनमा छ । नेपालमा पनि लकडाउनको ७३ दिन भइसकेको छ । यो अवधिमा धेरै उद्योग व्यवसायहरु बन्द छन् । विद्यालयदेखि सिनेमाहलहरु ठप्प छन् । सबै नागरिक घरमै बस्न बाध्य छन् ।
यस्तो समयमा घर बस्दा समय व्यतित गर्ने उत्तम विकल्प टेलिभिजन हो । देशमा विभिन्न सेवा प्रदायकहरुले आफ्नो माध्यमबाट विभिन्न च्यानल प्रशारण गरिरहेका छन् । टेलिभिजनमार्फत लकडाउनमा रहेकाहरुको आवश्यकता अनुसार नयाँ चलचित्र पस्केर, रिचार्ज सकिदा क्रेडिट सुविधा उपलब्ध गराएर तथा ज्ञानमुलक च्यानल प्रशारण गरेर डिश होमले प्रभावकारी कार्य गर्दै आइरहेको छ ।
लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीलाई ट्युसन होस् या फिल्म पारखीहरुलाई नेपाली नयाँ चलचित्र पस्केर होस् डिशहोमले प्रभावकारी भूमिका निर्वाह गरेको छ । असहज परिस्थिती मा ग्राहकलाई रिचार्ज गर्न परेको समस्यालाई मध्यनजर गर्दै डिशहोमले क्रेडिट सुविधा पनि उपलब्ध गराएको छ ।
बागलुङ नगरपालिका ३ किरानाटोलका शुभम राजभण्डारी आठ कक्षा उतिर्ण गरेर नौ कक्षामा पुगे । नयाँ शैक्षिक सत्रकै बेला लकडाउनले विद्यालय बन्द भयो । न नयाँ कक्षा, न नयाँ किताब तर उनले डिशहोमले सुरु गरेको टेलिभिजनमार्फत दैनिक अध्ययन गरिरहेका छन् ।
उनी जस्तै दोलखा चरिकोटका फेन्सी व्यवसायी रमेश भण्डारीलाई पनि लकडाउनमा डिशहोम नै सबैभन्दा नजिकको मित्र भएको छ ।
पसल बन्द भैरहेको समयमा दिन काट्न गाहे भइरहदा डिशहोमको सिनेमाघरमा २२५ देखि ३ सय ५० तिरेर सपरिवार नयाँ नयाँ फिल्म हेर्दैै उनीलगायत स परिवार रमाइलो गरिरहेका छन् । त्यतिमात्र होइन निःशुल्क आउने च्यानलमा पनि नयाँ चलचित्र हेर्न पाउँदा उनलाई लकडाउनमा खासै बोर भएर बस्नु परेको छैन ।
भाइरसको त्रासले घरबाहिर निश्कन डराइरहेकाहरुलाई भित्र बसिरहन त्यति सहज नभएको बेला डिशहोमले नयाँ नयाँ स्किम र योजना ल्याएर ग्राहकलाई बाँधिराख्न मद्दत गरेको छ । उमेर समूह अनुसार मनोरञ्जनसँगै ज्ञानमुलक कार्यक्रमहरु समेत डिशहोम मार्फत १५ लाख भन्दा बढी ग्राकहले घरमा बसि बसि हेर्न पाएका छन् । अहिले २ सय ८ वटा च्यानलहरु प्रशारण भइरहेको छ ।
मुलुक लकडाउनमा परिरहेको बेला डिशहोमले २४ सैं घण्टा सेवा प्रदान गरिरहेको छ । यसैविषयमा क्यापिटल नेपालका सुवासयोञ्जनसँग डिशहोमका प्रवन्ध निर्देशक सुदिपआचार्यले संकटमा डिशहोमले निर्वाह गरेको भूमिकाका विषयमा जानकारी दिए ।
यसरी दिइरहेको छ डिशहोमले सुविधा
लकडाउनका कारण अत्यावश्यक बाहेक सबै उद्योग व्यवसायहरु बन्द छन् । यस्तो बेलामा अहिले सरकारले डिशहोमलाई पनि अत्यावश्यक सेवा भित्र राखेको छ । डिशहोममाफर्त कोरोना भाइरसको जनचेतनामुलक सन्देशहरु निरन्तर रुपमा प्रशारण भइरहेको छ । अरु व्यवसायभन्दा यो व्यवसाय एक ठाउँबाट मात्र प्रशारण हुने भएकोले केहि सहज छ । तर, सहज हुँदा हुँदैपनि हामीले सर्तकता अपनाइरहेका छौं । कम्पनीले ललितपुरको भैसेपाटीबाट प्रशारण सेवा दिँदै आएको छ । सामाजिक दुरि कायम राख्नका लागि सिमित कर्मचारीहरुलाई मात्र अफिसमा राखेर अन्यलाई घरबाटै काम लगाइरहेका छौं ।
लकडाउनको समयमा अफिसमै खाना, बस्नेको सुविधा दिइएको छ । कल सेन्टरका केही कर्मचारीहरु भने घरबाट आवतजावत गरिरहेका हुन्छन् । अफिस नजिकै रहेकाहरुलाई हामीले घर जान दिइरहेका छौं । कल सेन्टर पनि अहिले पहिलाको जस्तो २४ घण्टा सञ्चालन हुँदैन । अहिले विहान ९ देखी ६ बजेसम्म मात्र कल सेन्टर सञ्चालनमा रहेको छ ।त्यसपछिको समयमा भने फेसबुक, भाइबार, ह्वाट्सएपबाट ग्राहकको गुनासो,सुझावलाई लिएर सेवा दिइरहेका छौं ।
१० दिनसम्म क्रेडिट सुविधा
लकडाउनका कारण रिचार्ज कार्ड खरिद गर्न नपाएरै टेलिभिजन हेर्नबाट बन्चित नहोस भन्न्ने उद्धेश्यले क्रेडिट सुविधालाई ५ दिनबाट १० दिन पु¥याएका छौं । सुरुमा ३ दिनको मात्र थियो । हाम्रो ग्राहक नेपालका दुरदराजमा समेत भएकोले सबै ठाउँमा रहेका ग्राहकहरुले सहज रुपमा टेलिभिजनसँग पहुँच राखुन भन्ने उद्देश्य हामीले लिएका छौं । १० दिनको अवधिमा ती ग्राहकले रिजार्ज गर्न सक्छन् भन्न्ने हाम्रो अनुमान हो ।
पसलहरु बन्द भएको कारण डिलर दाईलाई निरन्तरता दिइरहेको छ भने वार्षिक रुपमा रिचार्ज गर्नेलाई २५ प्रतिसत सम्मको छुट दिइरहेका छौं । अहिले हप्ता पिच्छेको विजेता गत साता देखी निरन्तर दिइरहेका छौं । ग्राहकहरुलाई लकडाउनको बेला अप्ठ्यारो हुन्छ भनेर ५ दिनको क्रेडिट सेवालाई बढाएर १० दिन पु¥याएका छौं ।
घर नै भिजिट गरेर दिने सुविधा र नयाँ जडानमा केहि समस्या छ । तर, पनि देशभर छरिएर रहेका करिब २५÷३० हजार आउटलेटहरु छन् । त्यहाँ ठाउँ मिलाएर काम गरिएको छ । कति ठाउँमा डिशहोमलाई अतिआवश्यक कै रुपमा राखिएको छ भने कहि छैन । त्यसैले सबै ठाउँमा समान सेवा दिन भने सकिएको छैन ।
कल सेन्टरबाट डिलर दाईसँग सम्पर्क
लकडाउनका कारण गाउँ गाउँमा रिचार्ज कार्डहरु पुग्न सकिरहेको छैन भने कतिले किन्न समेत पाएका छैनन । यस्तो बेलामा डिशहोमले क्रेडिट सुविधा बढाएको छ भने कल सेन्टरलाई प्रभावकारी रुपमा अगाडी बढाइरहेको छ । कल सेन्टरमा ग्राहकले फोन गरेर म यो ठाउँमा छु, रिचार्ज सुविधा चाहिएको छ भनेर खबर गर्छन् भने डिस होमले त्यस आसपासका डिलर दाईहरुलाई सम्पर्क गराएर रिचार्जको सुविधा दिइरहेको छ ।
डिशहोमको रिचार्ज अनलाइन मार्फत भुक्तानी गर्न सकिने सुविधा दिदै आएका छौं । यसको अतिरिक्त मोबाइल बैंकिङ, आइएमईपे, प्रभुपे, ईसेवा ,खल्ती लगाएतका डिजिटल वालेटबाट पनि भुक्तानी गर्न सक्ने सुविधा आएको छ । यसले गर्दापनि धेरै ग्राहकहरुले सुविधा पाइरहेका छन् । विषेश गरेर इन्टरनेटको सुविधा पुगेको ठाउँका ग्राहकरुलाई यसले विषेश सुविधा दिएको छ ।
४ लाख ग्राहकलाई निशुल्क च्यानल
६ महिनासम्म रिचार्ज नगरेका ग्राहकहरुलाई एक महिनासम्म निशुल्क रुपमा च्यानलहरु हेर्न पाउने सुविधा दिएका छौं । हामीले देशनै कोरोनाले जोखिम बढेर लक डाउन भइरहेको बेला बाध्यताले घरमा बस्दा सुचना र सञ्चारबाट कोहि पनि विमुख नहोस भन्ने भावना हामीमा जाग्यो, त्यहि भावना अनुसार अप्ठारोमा साथ दियो भने पछि हामीले पनि साथ पाउँछौं भन्ने उद्देश्यले एक महिनालाई निशुल्क च्यानल हेर्ने व्यवस्था गरेका हौं । अहिलेको यो असहज परिस्थीतिमा डिशहोमले साथी बन्ने प्रयास गरिरहेको हो ।
यसले व्यवसायीक रुपमा त अवश्यपनि घाटा भएको छ, तर उहाँहरु आखिरमा हाम्रै ग्राहक हुन्, सेवा गर्नु हाम्रो कर्तव्य पनि हो । ग्राहकलाई अप्ठ्यारो परेको बेला सहयोग गरेका छौं । पक्कै हामीलाई पनि उहाँहरुले सम्झनु हुन्छ होला नी भन्ने सोच हाम्रो हो ।
कक्षा ४ देखी १० सम्म निशुल्क क्लास
अहिले विद्यार्थीहरुलाई टेलिभिजन मार्फत नै कक्षा लिन पाउने सुविधा दिएका छौं । विभिन्न विद्यालयहरुले अनलाइन मार्फत कक्षा सुरु गरिरहेको बेला देशका सबै भूभागमा अनलाइन सुविधा नपुगेको र सबैको पहुँचमा इन्टरनेट नभएको बेला डिशहोमले ४ देखी १० सम्मको कक्षा सुरु गरेको हो ।
हुन त,यस अघि पनि कक्षाहरु सञ्चालन नभएको भने हैन, डिशहोमले एसलएसी(एसइई) को कक्षा पहिलादेखि नै कक्षा सञ्चालन गरिरहेको थियो । तर, अहिले च्यानलनै छुट्टै बनाएर नियमित रुपमा कक्षा ४ देखी कक्षा १० सम्म पढाइ सञ्चालन गरिरहेको छ । लकडाउनका कारण विद्यालयहरु बन्द भइरहेको बेला शिक्षा मन्त्रालयले जारी गरेको पाठ्यक्रम अनुसार नै विद्यार्थीहरुलाई कक्षा लिइरहेका छौं, यसबाट लाखौं विद्यार्थीहरु लाभान्वित भएका छन् । टेलिभिजनबाट मनोरञ्जन र समाचार मात्र हैन, शिक्षा पनि पाइन्छ भन्ने सन्देश डिशहोमले दिन खोजिरहेको छ ।
ग्राहकलाई अप्ठ्यारो परिस्थीतिमा सहयोग गर्न पाएका छौं
डिशहोम भनेको नाफा लिने मात्र हैन, ग्राहकलाई परेको अप्ठ्यारो परिस्थीतिमा पनि सहयोग गरिरहेको छ भन्ने सन्देश ग्राहकलाई दिनु हाम्रो काम हो । हाम्रो दायित्व विजनेश मात्र हैन, अप्ठ्यारोमा पर्दा सहयोग गर्ने पनि हो ।
यो निकै अप्ठ्यारो परिस्थीतिमा पनि सेवा दिदै आएका छौं । अरु व्यवसाय भन्दा हाम्रो व्यवसाय केहि राम्रो भनेर दाजिरहेका पनि छन् । तर, व्यवस्थापनमा धेरै समस्या आइरहेको छ ,ती समस्याहरुलाई पारगर्दै ग्राहकलाई निरन्तर रुपमा सेवा दिन पाउँदा खुसि लागेको छ । हाम्रो मुख्य ध्येय भनेकै ग्राहकलाई खुसी बनाउनु हो, जुन अहिले प्राप्त भइरहेको छ ।
लकडाउनका कारण डिशहोमका नयाँ प्रोजेक्टहरु भने केहि रोकिएका छन् । सर्भिसमा पनि नयाँ विषयहरु समेट्ने सोच बनाएका थियौ । त्यो पनि रोकिएको छ ।
डिशहोमसँगै इन्टरनेटको सुविधा छिट्टै
इन्टरनेटको प्रोजेक्ट सुरु भइसकेको छ । काठमाडौंका भैसेपाटी,तिनकुने,बानेश्वरमा इन्टरनेटको सेवा पनि सुरु भइसकेको छ । काठमाडौं भित्र लकडाउनका बीचमा पनि इन्टरनेटको काम भइरहेको छ । फाइबर मार्फत डिशहोमका ग्राहकहरुले इन्टरनेट सुविधा पाउने छन् । हाम्रो उद्धेश्य नेपालभरी नै इन्टरनेटको सुविधा दिने थियो, लकडाउनका कारण यो प्रोजेक्ट रोकिएको छ, खुलेसँगै त्यो काम निरन्तर हुन्छ ।