काठमाडौं । बीमा समितिले कोरोना भाइरस बीमा शुक्रबारदेखि पुनः सुचारु गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले बिहीबार २० ओटै निर्जीवन बीमा कम्पनीलाई निर्देशन जारीगरी कोरोना बीमा स्थगन गर्न भनेको थियो ।
समितिले स्थगनको २४ घण्टा नबित्दै पुनः कोरोना बीमा सुचारु गराएको छ । बीमा समितिले शुक्रबार सूचना प्रकाशित गर्दै जारी हुने बीमा पोलिसीको अवधी २०७७ साल चैत्र मसान्तलाई कायम गरेको छ ।
बीमा समितिले रोक्यो कोरोना बीमा, मोडालिटी परिवर्तनको तयारी
सोही समय मात्र हुने गरी पुनः कोरोना भाइरस बीमा पोलिसी जारी गर्न कम्पनीहरुलाई निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले बताए ।
उनले बिहीबार केही समयका लागि कारोना बीमा पोलिसी बिक्री स्थगन गरिएकोमा जोखिम थप जोखिम वहनको व्यववस्थापन भएकाले पुनः सुचारु गरिएको उनले खुलाए । उनले सरकारले ल्याएको नीतिमा पनि स्पष्टता आएकाले खुला गरिएको उनको भनाई छ ।
यसअघि गरिएको कोरोना बीमाको समयावधी १ वर्षको थियो । गत बैशाख ४ गतेबाट कार्यान्वयनमा आएको यो बीमालेख बिहीबार स्थगित गरिएको थियो।
कोरोना बीमाको दायित्व बीमा कम्पनीहरुले मात्र वहन गर्दा समस्या भएकाले जोखिम बाँडफाँड गरिएको उनले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुसार बीमाको दायित्व सरकार, बीमा समिति, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड र बीमा कम्पनीहरुले लिने भएपछि पुनः सुचारु गर्ने निर्णय भएको छ ।
उनले बीमालेखको खाका (मोडालिटी)मा परिमार्जित गरेर बीमालेख जारी गरिएको बताए । १० हजार बीमालेख पुर्नबीमा कम्पनीले लिने, ५ हजार बीमा कम्पनीको सञ्चित क्याटस्ट्रोपी रिजर्वबाट, त्यो भन्दा माथि बीमा कम्पनी र ३५ हजार माथिको कोरोना बीमालेख सरकारले व्योहर्न सहमति भएको छ ।
नियामक निकाले कम्पनीको पुँजी क्षय हुने अवस्था आएकाले जोखिम बाँडफाँड गरिएको उनको भनाई छ । सरकारले कारोना बीमाको व्यवस्था गरेपछि समितिलाई द्धिविधा भएको थियो ।
कोरोना बीमाको जोखिमको दायित्व नेपाल पुर्नबीमाले २० प्रतिशत र बाँकी ८० प्रतिशत सबै बीमा कम्पनीहरु बराबर गरी बहन गर्ने व्यवस्था थियो ।
समितिले कोरोना बीमा १ लाख रुपैयाँको हुने व्यवस्था गरेको छ । ब्यक्तिगत रूपमा बीमा गर्दा प्रतिब्यक्ति १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । परिवारका सम्पूर्णको गर्दा प्रतिब्यक्ति ६ रुपैयाँका दरले बीमा शुल्क लाग्ने छ।
बीमाँक रकम ५० हजार रुपैयाँ हुनेछ। यसको प्रति ब्यक्ति बिमाँक ५०० रुपैयाँ छ । परिवारकै गर्ने भएमा प्रतिब्यक्ति ३०० रुपैयाँ लाग्ने छ। दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतीक्षा अवधि रहने छ। पीसीआर टेस्ट पोजेटिभ भएपछि मात्र कोरोना बीमाको दावी गर्न पाइने कार्यविधिमा उल्लेख छ ।