काठमाडौं । नेपालका तीन टोस्टमास्टर्सले इतिहास रचेका छन् । डिभिजन ए को प्रतिनिधित्व गर्दै टोस्टमास्टर्स प्रिया चाँपागाँई (स्पीच इभ्यालुयसन प्रतियोगीता), एल्फा एम शाक्य (अन्तर्राष्ट्रिय स्पीच प्रतियोगीता) र असीरा खनाल (टेबल टपिक प्रतियोगीता) ले मेई २९ देखि ३१ तारिखसम्म आयोजना गरिएको डिस्ट्रिक्ट ४१ स्पीच प्रतियोगीतामा विजेता बनेका छन् ।
स्पीच प्रतियोगीता पहिलो पटक क्लब लेबलबाट शुरु भएको हो । त्यसपछि विजेताहरु एरिया हुँदै डिभिजन लेबलसम्म पुगेका हुन् । डिभिजनका च्याम्पियनहरुले त्यसपछि डिस्ट्रिक्ट समीफाइनलमा प्रतिस्पर्धा गरेका थिए जुन डिस्ट्रिक्टको फाइनलमा गएर समाप्त भयो । बंगलादेश, भुटान, भारत (उत्तर र पूर्व) र नेपालसहित गरेर ६००० भन्दा बढि सदस्यहरु सम्मिलित उक्त प्रतियोगीतामा अहिलेसम्म नेपालका कसैले पनि डिस्ट्रिक्ट ४१ म डिस्ट्रिक्ट च्याम्पियनशिप उपाधी जितेका थिएनन् ।
खनाल कम्यूनिटी क्लब हिमालयन टोस्टमास्टर्सकी सदस्य हुन् भने चाँपागाँई र शाक्य काठमाडौं यूनिभर्सिटी स्कुल अफ म्यानेजमेनटद्वारा स्थापीत क्लब, केयू—सोम टोस्टमास्टर्सका सदस्य हुन् ।
“ह्याट्रिक जीतले नेपालमा टोस्टमास्टरहरुको क्षमता र उनीहरु विश्वस्तरीय हुन भन्ने विश्वास गराउन बढ्दो दृढता प्रदर्शन गर्यो र गुणस्तरीय पेड अफमा केन्द्रित रहयो” , डिभिजन डिरेक्टर (२०१९—२०) सुमन शाक्यले चर्चा गरे । , डीटीएम जसको नेतृत्व टोलीले यस वर्ष धेरै माइलस्टोर हासिल गर्यो । शाक्यले अन्तर्राष्ट्रिय स्पीच प्रतियोगीतामा डिस्ट्रिट सेमी फाइनल १ का लागि कन्टेस्ट चेयरको रुपमा पनि सेवा गरेका थिए ।
प्रत्येक वर्ष टोस्टमास्टर्स इन्टरनेशनलले १४३ देशहरुमा फैलिएका आफ्नो ३५८००० सदस्यहरु बीच पब्लिक स्पीकिंगको वल्र्ड च्याम्पियन आयोजना गर्दै आइरहेको छ । अल्फा एम शाक्यले अब डिस्ट्रिक्ट ४१ को प्रतिनिधित्व गर्दै क्षेत्रीय क्वाटर फाइनलमा सहभागी जनाउनेछिन् । हाल क्लब ग्रोथ डिरेक्टर, डिस्ट्रिक्ट ४१ का डीटीएम रञ्जित आचार्यले भने , “वल्र्ड स्टेज फाइनलमा नेपालको प्रतिनिधित्व हुनु हाम्रो लागि ठुलो गर्वको कुरा हो ।” आचार्यले डिस्ट्रिक्ट टेबल टपीक फाइनलमा कन्टेस्ट मास्टरको रुपमा सेवा गरेका थिए ।
नेपालमा टोस्टमास्टर्सको शुरुवात सन् १९९१ मा भएको थियो भने सन् २००४ मा मात्र दोस्रो क्लब खुलेको हो । नेपालले ८ वटा क्लबका साथ सन् २०१७ मा डिस्ट्रिक्ट ४१ म सामेल भएपछि मात्र टोस्टमास्टर्सप्रति चासो बढेको हो । हाल नेपालमा ३४ वटा क्लब छन् । हाम्रो सामान्य जीवनमा महामारीले हस्तक्षेप गरेपछि करिब १००० टोस्टमास्टर्सहरु सक्रिय रुपमा भर्चुअल मिटिंगमा लागेका छन् । यस भयपूर्ण समयमा प्रतियोगीताको जीतले टोस्मास्टर्सहरुमा मुस्कान ल्याएको छ ।