काठमाडौं । देशभरका विभिन्न स्थानबाट सरकारका पछिल्ला गतिविधि विरुद्ध आन्दोलन र प्रदर्शन सुरु भएको छ । काठमाडौंमा बुधबा र विहीबार प्रधानमन्त्री निवास बालुवाटार अघि ठूलो प्रदर्शन भयो । विहीबार लकडाउन भएयताकै ठूलो प्रदर्शन सडकमा उत्रियो । सँगसँगै केही जिल्लाका सदरमुकाममा समेत सरकारविरुद्ध नाराबाजी भए । शुक्रबार भने देशका विभिन्न ठाउँबाट सरकारको विरोध सुरु भएको छ ।
पछिल्लो कारोना भाइरस नियन्त्रण गर्न पीसीआर परिक्षण मेसिन नभएको, परिक्षणको दायरा नबढाएको, १० खर्ब रुपैयाँ के कुरामा खर्च भएको, भष्ट्राचार, लकडाउनले रोगले होइन्, भोक मर्नुपर्ने अवस्था लगायतका बिषयमा नागरिक स्तरबाट देशभबारट प्रदर्शन सुरु भएको हो ।
देशका विभिन्न जिल्ला सदरमुकाम तथा बजार क्षेत्रमा विभिन्न युवा, सर्वसाधारण तथा संघसंस्था वा पार्टीगत रुपमा प्रदर्शन भइरहेका छन् । खासगरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा दैनिक प्रदर्शन भइरहेका छन् । त्यस्तै उपत्यका बाहिर खासगरी चिवतन, बुटवल, वीरगन्ज, विराटनगर, भरतपुरमा लगायतका अन्य जिल्लामा पनि सरकारविरुद्ध प्रदर्शन भएका छन् ।
प्रदर्शनकारीले सामाजिक दुरी कायम गरेर सडकमा उत्रिन थालेका छन् । लकडाउनका बेला धेरै जना जुटेर प्रदर्शन नगर्न सरकारले दबाब दिइरहेको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सरकारविरुद्ध आन्दोलनमा धेरैको सहभागीता बढुन थालेकाले त्यस्तो आन्दोलन नगर्न र आन्दोलन गर्नेलाइ कारबाही गर्ने जनाएको छ ।