प्रदेश १ सरकारको बजेट ४० अर्ब ८९ करोड

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १, साेमबार,०६:४४:PM  
प्रदेश १ सरकारको बजेट ४० अर्ब ८९ करोड

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि  ४० अर्ब ८९ करोड ९९ लाख ४७ बजेट ल्याएको छ । बजेट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालु तर्फ  १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार   र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार रहेको छ । वित्तीय व्यवस्थापन तर्फ ४ करोडm अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यवस्थापन आन्तरिक स्रोत ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजश्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाखले बोहोरिने मन्त्री आङ्बोले जनाएका छन् । सरकारको नगद मौज्दात ६ अर्ब रहने अनुमान गरिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top