काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तेश्रो संशोधन विधेयकमा समस्या भए छलफलबाट समधान गर्न सकिने स्पष्ट पारेका छन ।
नेपाल उद्योग परिसंघका प्रतिनिधिमण्डलसंग सोमबार छलफल गर्दै प्रधानमन्त्री ओलीले उद्यमी व्यवसायीहरुलाई व्यवसाय सञ्चालनमा समस्या भए कुन दफामा के अप्ठेरो परेको हो त्यसको स्पष्ट जानकारी प्रस्तुत गर्न परिसंघलाई भनेका थिए ।
अख्तियारको नियन्त्रणमा निजी क्षेत्र, ऐनको मस्यौदा संसदमा दर्ता
प्रस्तावित विधेयकले निजी क्षेत्रलाई समस्यामा पार्ने भए छलफलका माध्यमबाट त्यसको समाधान गर्न सकिने धारणा प्रधानमन्त्रीले व्यक्त गरेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले जानकारी दिए ।
निजी क्षेत्रलाई नियन्त्रण गर्ने विषय ६ वर्षपछि पुन ब्यूँतियो, त्यो बेला कसरी रोकियो ?
छलफलमा परिसंघले अख्तियार, तेश्रो संसोधन विधेयक, २०७६ ले निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालनमा निरुत्साहित गर्ने भएकोले त्यसलाई फिर्ता लिनको लागि प्रधानमन्त्री समक्ष अनुरोध गरेको थियो ।
अख्तियार ऐनमार्फत निजी क्षेत्रलाई नियन्त्रण गर्न खोजेपछि व्यवसायीले सांसद भेट्दै
प्रधानमन्त्रीबाट परिसंघले दिएको सुझावमाथि धारणा राख्दै अनौपचारिक क्षेत्रको निष्कृय पुँजी परिचालन गर्ने सुझाव राम्रो रहेकोले चेकबाट कारोबार गर्न प्रोत्साहन गर्ने र गलत तरिकाबाट आर्जन गरेको पँुँजीलाई निरुत्साहित गर्ने धारणा व्यक्त गरेका थिए ।
छलफलमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल, निर्वाणा चौधरी र वीरेन्द्रराज पाण्डेको सहभागिता थियो ।