साढे ४ सय उपभोक्ताले लिए ‘अनलाइन डेलिभरी’ सेवा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ९, मङ्गलबार,०४:१८:PM  
साढे ४ सय उपभोक्ताले लिए ‘अनलाइन डेलिभरी’ सेवा

काठमाडौं । बन्दाबन्दी(लकडाउन)को अवधिमा सरकारले सुरु गरेको अनलाइनमार्फत खाद्य वस्तु डेलिभरी गर्ने सेवाबाट साढे ४ सय भन्दा बढि उपभोक्ता लाभान्वित भएका छन् ।  उपभोक्ता तथा ग्राहकले घरमै बसेर अनलाइनमार्फत आफुलाइ चाहिने खाद्य वस्तु जस्तैः चामल, दाल, कर्णालीको सिमी,  पिठो, घिउँ, स्यानीटाइजर र इन्डक्सन चुल्होको अर्डर अनलाइनमार्फत अर्डर गरेका हुन् ।

चामल, कर्णालीको सीमा, रहरको दाल, केराउ, पिठो, घिउँ, स्यानीटाइजर, इन्डक्सन् लगायतका वस्तु खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अर्डरका आधारमा उपभोक्ताको घरमै डेलिभर गरेको हो ।

काठमाडौं उपत्यकाभित्रका ५ ओटा विक्रि केन्द्र र अनलाइनमार्फत अर्डर आएका ग्राहकलाइ घुम्ती भ्यानमार्फत घरमै पुर्याइएको हो ।  कम्पनीका अनुसार, हालसम्म करिव ७ हजार  इन्डक्सन चुल्हो विक्रि भएका छन् 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top