१५ करोड लगानीमा गोल्छा ग्रुपले बजाज अटोरिक्साको नेपालमै थाल्यो एसेम्बल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ९, मङ्गलबार,०५:०३:PM  
१५ करोड लगानीमा गोल्छा ग्रुपले बजाज अटोरिक्साको नेपालमै थाल्यो एसेम्बल

काठमाडौं । भारतीय चर्चित अटो ब्राण्ड बजाजको तीन पाङ्ग्रे अटोरिक्साको नेपालमा माग बढ्न थालेपछि आधिकारिक बिक्रेता गोल्छा गु्रपले नेपालमै एसेम्बल थालेको छ । 

ग्रुपले  एक वर्षअघिदेखि एसेम्बलको कामलाई अघि बढाएर उत्पादन थालेको हो । नवलपरासीको रामग्रामस्थित प्लान्टबाट कम्पनीले तीनपाङ्ग्रे अटोरिक्साको उत्पादन थालेको हो । ५० हजार स्क्वायरफिटमा रहेको प्लान्टमा ७० जना भन्दा बढि इन्जिनियरहरु कार्यरत छन । प्लान्टमा सहयोग गर्ने अन्य मजदुर सयौंको संख्यामा रहेको छन् । 

गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले नेपालमा माग बढ्न थालेपछि एक वर्षअघिदेखि बजाजको तीन पाङ्ग्रेलाई नेपालमा नै एसेम्बल गरेर बजारमा पठाउन थालिएको बताए । ‘यो सर्वसाधारणका लागि अझ विशेषगरि सहरी क्षेत्रमा एकदम पपुलर छ, माग बढेपछि नेपालमै उत्पादन गर्नुपर्छ भनेर प्लान्ट लगाइएको हो,’ उनले भने । 

पेट्रोलबाट चल्ने अटोरिक्सा २३६ सीसीको रहेको छ । प्यासेन्जर अटोरिक्साको मूल्य ५ लाख ३५ हजार र कार्गो अटोरिक्साको ६ लाख १० हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । 

बजाजको तीनपाङ्ग्रे अटोरिक्सा विश्वमा सबैभन्दा बढि बिक्री हुने ब्रान्डमा पर्छ । नेपालमा एसेम्बल हुने यो रिक्साका लागि भारतको बजाजले प्राविधिक सहयोग पुराइरहेको छ । लगानी भने शतप्रतिशत गोल्छा ग्रुपको मात्र छ  ।

एसेम्बल प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुसार रहेको गोल्छाले बताए । ‘हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै प्लान्ट लगाएको छौं, प्लान्टमा धेरै कुरा अटोसिष्टममा छ,’ उनले भने । एसेम्बल लाइन पनि अत्याधुनिक रहेको गोल्छाले बताए । 

दैनिक ५० वटा उत्पादन भैरहेको अटोरिक्साको बिक्री नेपालभर भएको कम्पनीले जनाएको छ । अहिले नेपालमा बजाजकै अटोरिक्साको बजार हिस्सा नै बढि रहेको गोल्छा बताउँछन् । 

‘विशेषगरि स्वरोजगार गर्नेका लागि यो उपयुक्त रहेको देखियो,’ गोल्छाले भने । विदेशबाट फर्केर आएका युवाहरु बढि यसमा आकर्षित भएका छन् यसमा औषतमा मासिक ५० हजार रुपैयाँसम्म कमाउने भएकाले पनि युवाहरु यसमा आकिर्षत भएको उनले बताए ।  

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top