सुनकाे मुल्यले ९० हजार नाघ्याे, अझै बढ्ने सुन व्यवसायीकाे अनुमान

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार १०, बुधबार,१२:२४:PM  
सुनकाे मुल्यले ९० हजार नाघ्याे, अझै बढ्ने सुन व्यवसायीकाे अनुमान

काठमाडौं । पछिल्लो समय सुनको मुल्य दैनिक रुपमा नयाँ रेकर्ड कायम गरिरहेको छ । लकडाउनकै अवधिमा हालसम्म सुनको मुल्य ९० हजार भन्दा बढी प्रतितोला पुगेको हो ।

असार १० गतेको विवरण अनुसार, छापावाल सुनको मुल्य ९० हजार ६ सय पुगेको छ । तेजावी सुनको मुल्य ९० हजार १६२ रुपैयाँ प्रतितोला पुगेको छ ।  त्यस्तै, चाँदीको मुल्य ९४० रुपैयाँमा विक्रि भइरहेको छ । 

पछिल्लो समय अमेरिका र इरानबिच टकाराव बढेकाले सुनको मुल्य घटबढ भइरहने भइरहेको छ । विश्वभर कोरोना महामारीका कारण पनि सुनको मुल्यमा उतारचढाव आएको सुन व्यवसायी बताउँछन् । 

एक सुन व्यवसायीका अनुसार, आउँदो दशैंसम्म सुनको भाउ १ लाख रुपैयाँ सम्म पुग्न सक्ने बताए ।  बिहे, चाडवाड लगायतको सिजन नभएको बेला पनि सुनको मुल्य घट्नुको सट्टा बढिरहेको छ । यो क्रम अझै बढ्ने व्यवसायीको अनुमान छ ।

सुनको मुल्य बढेपछि ग्राहकले सुन किन्न छाडेका छन् । बरु, उनीहरुले आफुसँग भएको सुन बिक्री गर्न सुन पसल पुग्ने गरेका छन् । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top