लकडाउन खुकुलो भएसँगै रातो मछिन्द्रनाथको रथ यात्राको तयारी सुरू(फोटोफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ असार १०, बुधबार,०५:३०:PM  
लकडाउन खुकुलो भएसँगै रातो मछिन्द्रनाथको रथ यात्राको तयारी सुरू(फोटोफिचर)

काठमाडौं । विश्वव्यापी कोरोना भाइरस र यसले नेपालमा परेको प्रभाव नियन्त्रण गर्न गरिएको बन्दाबन्दी(लकडाउन)का कारण स्थगित रातो मछिन्द्रनाथको रथ यात्राको तयार पुनः सुरु भएको छ । यसअघि ललितलपुर महानगरपालिका, जातीय समाज, गुठी संस्थान र सरोकारवालाहरुको बैठकपछि भएको थियो । बैठकले बुधबारबाट रथ यात्रा सुरु गर्ने निर्णय गरेको थियो । 

नेपालमा मनाइने विभिन्न जात्राहरु भन्दा सबैभन्दा लामो समयसम्म मनाइने वा चल्ने रातो मछिन्द्रनाथको रथयात्रा नेपालमा लकडाउनभएसँगै अनिश्चित बनेको थियो । लकडाउन नभएको भए आजसम्म रातो मछिन्द्रनाथको रथयात्रा सकिएर मछिन्द्रनाथको मूर्तिलाई पाटनबाट बुंगमती लगिसकेको हुने थियो ।

३२ हात लामो रथ निर्माणको पहिलो चरण स्वरुप बुधवार बिहान पुल्चोकस्थित पीठमा रथको पाङग्रा पु¥याइएको थियो । बाराही समुदायका मानिसहरुले रथमा पांगा र लःसिं राखेका छन् र यसपछिका कामहरु क्रमश बेत बाध्ने र पछि कपडा राख्ने काम भिन्न भिन्न समुदायका मानिसहरुको सहाभागितामा सम्पन्न गरि रथ तयार पारिनेछ । 

रथ निर्माणको कार्य भएसँगै मछिन्द्रनाथ र मीननाथको रथ यात्रा हुने निश्चित भएको छ । यद्यपि, कोरोनाको संक्रमण कायम रहेको अवस्थामा सतर्कता अपनाएर रथ यात्रामा सहभागी हुन सम्वन्धीत सवैलाइ आग्रह गरिएको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top